डा.केसीसँग भएकाे सहमतिबारे नेकपाद्वारा अाफ्ना सांसदहरूलार्इ जानकारी

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चिकित्सा शिक्षा विधेयकका विषयमा डा.गोविन्द केसीसँग भएको सहमतिबारे संसदीय दललाई जानकारी गराएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको बैठकमा दलका उपनेता सुवास नेम्वाङले सहमतिबारे सांसदहरूलाई जानकारी गराएका हुन्।
चिकित्सा शिक्षा विधेयकमा असहमति जनाउँदै प्रमुख प्रतिपक्षको सदन अवरोधको अवस्था रहेको स्थितिमा बैठक बोलाइएको र सहमतिपछि सदन खुल्ने अपेक्षा गरेको नेता नेम्वाङले बताए। सरकारले प्रस्तुत गरेको विधेयकमा संशोधनको प्रक्रियाबाट टुंगो लगाउने समझदारीविपरीत कांग्रेसले सदन अवरोध गरेकामा उनले असन्तुष्टि व्यक्त गरे।
नेकपाका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य सहभागी बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाललगायत सहभागी थिए। काठमाडौं उपत्यकाका १० वर्षसम्म नयाँ मेडिकल कलेजका खोल्न नदिने प्रावधानसहित बिहीबार राति सरकार र आमरण अनशनरत डा. केसीबीच नौ बुँदे सहमति भएको थियो। सहमतिपछि केसीले २७ दिने अनशन तोडेका थिए।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा