चिकित्सा शिक्षा विधेयक संसदमा पेश हुँदै

काठमाडाैं : राष्ट्रिय चिकित्सा शिक्षा विधेयक शुक्रबार संसद् बैठकमा पेश हुँदैछ। दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले विधेयक संसदमा पेश गर्नेछन्।
विधेयक यसअघि पटक–पटक कार्यसूचीमा राखेर हटाइएको थियो। पछिल्लो समय कांग्रेसको अवरोधका कारण संसद बैठक नै चल्न सकेको थिएन। कांग्रेसले केसीको जीवन रक्षा र उनका माग पूरा गर्न भन्दै संसद् बैठकमा अवराेध पुर्रयाएको थियो।
बिहीबार राति डा.गोविन्द केसीकाे अनशन तोडिएसँगै उनीसँग सरकारले गरेकाे सहमतिअनुरूप विधेयक अघि बढ्ने भएको हो। केसीसँगको सहमतिका लागि मध्यस्थता गरेका सत्तारुढ नेकपाका नेता सुवास नेम्वाङले यसअघि नै कार्यसूचीमा राखिएकाले विधेयक संसदमा पेश हुने बताए। ‘केसीसँग भएका सम्झौताका विषय संसोधनमार्फत् विधेयकमा समेटिने छ’, उनले भने।
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा