चिकित्सकको र्यालीमा प्रहरीको हस्तक्षेप

काठमाडाैः त्रिवि शिक्षण अस्पतालबाट बालुवाटारसम्म र्याली निकाल्न हिंडेका चिकित्सक तथा विद्यार्थीहरुलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ। डा गोविन्द केसीको समर्थनमा शान्तिपूर्ण र्यालीमा निस्केका चिकित्सक , विद्यार्थी र सुरक्षाकर्मीबीच केहीबेर झडप समेत भएको थियो ।
सोही क्रममा प्रहरीले दर्जनौं चिकित्सक तथा विद्यार्थीलार्इ पक्राउ गरेको हो। यही कारण शिक्षण अस्पताल यतिखेर अस्तव्यस्त रहेकाे छ । डा केसीका माग पूरा गराउन दबाब स्वरुप केसी समर्थक चिकित्सक बिहीबार बिहान त्रिवि शिक्षण अस्पतालमा भेला भएर र्यालीसहित बालुवाटार जाने तयारी गरेका थिए।
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा