त्रिवि शिक्षण अस्पतालकाे निमित्त निर्देशकमा वन्त

काठमाडौं : त्रिवि शिक्षण अस्पतालमा चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)की सहायक डीन प्रा.डा.मन्दिरा वन्तलाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको छ।
अस्पतालका कार्यकारी निर्देशक डा.दीपक महराले गत बिहीबार राजीनामा दिएपछि डीन कार्यालयले सहायक डीन वन्तलाई अस्पतालको जिम्मेवारी दिएको हो।
कार्यकारी निर्देशक नहुँदा अस्पतालको दैनिक कामकारबाही नै रोकिने भएकाले तत्कालका लागि वन्तलाई जिम्मेवारी दिइएको डीन प्रा.जगदीशप्रसाद अग्रवालले बताए। ‘सर्च कमिटी’ बनिसकेकाले चाँडै कार्यकारी निर्देशक चयन गर्ने पनि अग्रवालले जानकारी दिए।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु