डा. केसीकाे मागमा सहमति खाेज्न छलफल जारी

काठमाडाैं : आमरण अनशनरत डा.गोविन्द केसी पक्ष र सरकारी टोलीबीच शिक्षा मन्त्रालयमा छलफल जारी छ।
बुधबारकाे वार्तामा काठमाडौं उपत्यकामा १० वर्ष नयाँ मेडिकल खोल्न नदिने, एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने र सम्बन्धनका लागि तीन सय शय्या अस्पताल कम्तीमा तीन वर्षसम्म सञ्चालन भएको हुनुपर्नेलगायत विषयमा छलफल भइरहेकाे जनाइएकाे छ।
यस्तै सरकारी मेडिकल कलेजमा ७५ प्रतिशत सिट निःशुल्क हुनुपर्ने विषय पनि छलफलमा समेटिने बताइएकाे छ।
शिक्षा मन्त्रालयमा भइरहेको वार्तामा सरकारका तर्फबाट गृहमन्त्रालयका सहसचिव केदार न्यौपाने, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी, शिक्षा शाखाका सहसचिव हरि लम्साल र चिकित्सा शिक्षा आयोगका सदस्यसचिव लालजंग चौहान छन्।
डा.केसीको तर्फबाट डा.जीवन क्षेत्री, सुरेन्द्र भण्डारी, डा.अभिषेकराज सिंह, ओमप्रकाश अर्याल र डा.सुमित पाण्डे छन्। यसअघि बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे बैठकमा डा.गोविन्द केसीकाे मागमा अनौपचारिक सहमति भएको दाबी सरकारी पक्षले गरेकाे थियाे।
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा