कानूनमन्त्रीले रुँदै राजिनामा दिए
बंगलादेशमा पढ्ने छात्राहरुप्रति उच्च सम्मान छ
काठमाडौंः बंगलादेशमा एमबीबीएस अध्ययनरत छात्राहरुबारे दिएको अभिव्यत्तिका कारण विवादमा आएका कानूनमन्त्री शेर बहादुर तामाङले मंगलबार राजीनामा दिएका छन्।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राजीनामा घोषणा गर्दा निकै भावुक देखिएका तामाङले आँसु झारेका थिए। आफूले राम्रो काम गर्दागर्दै पनि आफूलाई फसाएको भन्दै उनले दुख व्यक्त गरे। जनतालाई शिरमा राखेर काम गरे, आफ्ना कमजोरीलाई नै मुख्य मुद्दा बनाएर प्रचार गरिएको भन्दै उनले दुःखेसो गरेका थिए । उनले भने, ‘म महिलालाई उच्च सम्मान गर्छु र मैले सधैं महिला हक अधिकारका लागि लडें तर आज त्यही विषयले मलाई लखेट्यो ।’
राजिनामा घोषणा गरिरहँदा उनको धेरैपटक गला अवरुद्ध भएको थियो भने ‘आँसु पुछिरहेका थिए । उनले आफूले गलत ढंगबाट छात्राहरुलाई होच्याउने गरी अभिव्यक्ति नदिएको यस्ता घटना हुन सक्छन भनी प्रसंग मात्र उठाउन खोजेको भनी आफ्नो बचाउ गर्न खोजेका थिए । उनले गत साउन ४ गते प्राक्सीस इन्टरनेशनल स्कूलको कार्यक्रममा बंगलादेशमा एमबीबीएस पढ्ने छात्राहरुको अस्मिता माथि नै प्रश्न उठ्ने अभिव्यक्ति दिएका थिए । त्यस लगत्तै उनको सर्वत्र विरोध भएको थियो ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु