गर्भवती महिलालाई पोषण आहार

गौशाला (महोत्तरी) : बर्दिवास नगरपालिकाले स्थानीय पाँच सयभन्दा गर्भवती महिलालाई पोषण आहार वितरण शुरु गरेको छ।
बर्दिवास नगरपालिकाले बहुक्षेत्रीय पोषण योजना कार्यक्रमअन्तर्गत ५३० गर्भवती महिलालाई जनही १५ किलो चामल, पाँच किलो गेडागुडी, एक पाउ घ्यू र शुद्ध पानीका लागि एक–एक थान फिल्टर वितरण गरेको नगरप्रमुख विदुरकुमार कार्कीले जानकारी दिए।
‘हरेक बार खाना चार’ नाराका साथ गर्भवती आमा र गर्भमा रहेका बच्चालाई आवश्यक पर्ने पोषिलो आहारस्वरूप कार्बोहाइडेट, प्रोटिन, भिटामिन र मिनरलयुक्त पोषिलो आहार वितरण गरिएको हो। नगरप्रमुख कार्कीले सोमबार बर्दिवास नगरपालिका– १, २ र १४ का ५४ गर्भवती महिलालाई पोषण सामग्री वितरण गरेर कार्यक्रम शुरू गरेका हुन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु