केसीकाे माग सम्बाेधन गर्न केही बेरमा बालुवाटारमा बैठक

काठमाडौं : अनशनरत डा. गोविन्द केसीको माग र चिकित्सा शिक्षा विधेयकबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बालुवाटारमा बैठक बोलाएका छन्।
विधेयकमा संशोधन गर्न सकिने बुँदाबारे छलफल गर्न प्रधानमन्त्री अाेलीले सत्तारुढ नेकपाका नेता सुवास नेम्वाङ, माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमा र मेडिकल काउन्सिलका अध्यक्ष डा.धर्मकान्त बाँस्कोटालाई मध्याह्न १२ बजे बालुवाटार बोलाएका हुन्।
यसअघि मंगलबार बिहान प्रधानमन्त्रीले बालुवाटारमा नेकपाका नेताहरूसँग केसीका माग र विधेयक संशोधनबारे छलफल गरेको एक नेताले जानकारी दिए। यसअघि सोमबार दिउँसो नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, महान्यायाधिवक्ता अग्नि खरेल र शिक्षामन्त्री गिरिराजमणि पोखरेलबीच यो मुद्दा कसरी हल गर्ने भन्रे विषयमा कुराकानी भएको थियो।
डा. केसीले माथेमा कार्यदलको सुझावकै आधारमा चिकित्सा शिक्षा कानुन बन्नुपर्ने माग गर्दै आएका छन्। शेरबहादुर देउवा नेतृत्वकाे सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेशका केही बुँदा हटाएर नयाँ विधेयक संसदमा पेश गरिएपछि डा. केसी अनसन बसेका हुन्।
केसीकाे अनशकाे २५अाैँ दिन हाे। केसीकै समर्थनमा चिकित्सकहरू पनि अान्दाेलनमा छन्। सर्वसाधारण तथा अन्य पेशाकर्मी पनि सामूहिक सत्याग्रहमा छन्।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा