पूजा गर्ने मात्र होइन तुलसीबाट यसरी गर्नुस् स्वास्थ्यरक्षा

काठमाडौं : सनातन हिन्दु धर्मावलम्बीले हरिशयनी एकादशीका दिन घर आँगनमा मठ बनाएर तुलसी रोप्ने गर्छन्। याे दिन राेपिएकाे तुलसीलार्इ चार महिनासम्म भगवान् विष्णु वा विष्णुप्रियाका रूपमा पूजा गरिन्छ।
यसरी पूजा गरिने तुलसी बोटविरुवामध्ये अत्यधिक अक्सिजन फ्याँक्ने वनस्पति हो। यसबाट विविध प्रकारका औषधि उपचार पनि गर्न सकिन्छ। तुलसीलाई तनाव न्यूनीकरणको अचुक वनस्पतिकाे रूपमा लिइन्छ। दीर्घ जीवनका लागि पनि यो अत्यन्त उपयोगी छ।
बहुपयोगी गुण बोकेको हुनाले यसलाई जडिबुटीयुक्त औषधिको रानीसमेत भनिन्छ। तुलसी आयुर्वेदिक औषधिका लागि महत्त्वपूर्ण जडिबुटी मानिन्छ।
रुघा, झाडापखाला, पेटको गडबडी, टाउको दुखाइ, सुन्निएको, गठिया रोग, छाला तथा मुटुसम्बन्धी रोग, आँखाको समस्या, शारीरिक विकार, मलेरिया र किराको टोकाइ लगायत विभिन्न समस्याका लागि समेत यो अत्यन्त प्रभावकारी मानिन्छ।
जडिबुटीका लागि प्रयोग गरिने विभिन्न बोटबिरुवामध्ये तुलसीलाई अझ सघन रूपमा प्रयोग गरिन्छ। यसको हरेक भाग उत्तिकै लाभदायक छ। यसको पात, फूल बीउ र जरा हरेक अंग गुणकारी छ।
यसका साथै तुलसीलाई आयुर्वेदिक चिया, सुकाइएको धुलो पाउडर र विभिन्न परम्परागत परिकार पकाउन समेत प्रयोग गरिन्छ। इटली लगायत विभिन्न देशहरुमा यसलाई खानाका परिकारका रूपमा प्रयोग गरेको पाइन्छ।
तुलसीलाई तातोपानीमा केही थाेपा कागतीको रस मिसार्इ बालबालिकालार्इ पिलाए पेटका विभिन्न समस्याबाट समेत राहत मिल्छ। अत्यन्त लाभदायक पौष्टिक तत्त्व भएकाले तुलसीलाई जीवनको अभिन्न अंग बनाउन जरुरी छ।
जनस्वास्थ्य विज्ञ अरूणा उप्रेतीसँग गरिएकाे कुराकानीमा अाधारित।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु