डा.केसीको अहिलेसम्मकै लामो अनशन

काठमाडौं : चिकित्सा शिक्षामा सुधारकाे माग राख्दै डा.गोविन्द केसी ६ वर्षयता १५ पटक अनशन बसिसकेका छन्। याे पटक उनी अनशन बसेकाे २४ दिन भइसकेकाे छ। याे पटककाे अनशन सबैभन्दा लामाे हाे।
यसअघि एघारौं श्रृंखलामा उनी तेइसौं दिनसम्म अनशन बसेका थिए । यसपटक भने २४ दिन पुग्दा समेत उनको अनशन टुंगिने छाँटकाँट देखिएको छैन।
सबैभन्दा बढी चर्चामा रहेको अनशन पनि केसीको यही नै रह्यो। याे पटक काठमाडौं बाहिर जुम्लामा गएर अनशन बस्दैगर्दा यता उनको मागमा कडा रूपमा प्रस्तुत हुँदै आएको सरकारले भने अझै उनको मागका बारेमा चासो त्यति चासाे देखाएको छैन। वार्ता समिति गठन गरे पनि सरकार आफ्नो अडान र केसी आफ्नो अडानमा अडिग रहेकाले स्थिति असामान्य बन्दै गएको छ।
२४ दिन पुग्दा डा. केसीको स्वास्थ्य अवस्था अत्यन्त जटिल हुँदै गइरहेको चिकित्सकहरूले बताएका छन्। डा.केसी असार १६ गतेबाट आमरण अनशन बसेका हुन्।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा