डा.केसीको पक्षमा काठमाडौंमा विशाल प्रदर्शन

काठमाडौं : आमरण अनशनमा बसेका डा.गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ। ‘सोलिडारिटी फर डा.केसी अलायन्स’को आयोजनामा भएको प्रदर्शनमा विभिन्न राजनीतिक दलका नेताहरू, अधिकारवादी, चिकित्सक तथा विद्याथी सहभागी थिए।
प्रदर्शनमा नयाँ शक्ति पार्टीका संयोजक पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, पूर्वप्रधानन्याधीश कार्की, विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र, त्रिविका पूर्वउपकुलपति डाक्टर केदारभक्त माथेमा, मानव अधिकारकर्मी कृष्ण पहाडी, लेखक खगेन्द्र संग्रौला, अभिनेत्री मनिषा कोइरालालगायत सहभागी थिए।
प्रदर्शनमा सहभागीहरुले ‘हाम्रो स्वास्थ्य हाम्रो हातमा, हामी डा.केसीको साथमा’, ‘डा. केसीमाथिको धरपकड बन्द गर’ जस्ता नारा लगाएका छन्। माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर सभामा परिणत भएको थियो।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु