के भयाे दिनभर जुम्लामा?

जुम्ला : २० दिनसम्म आमरण अनशन बसेका डा. गोविन्द केसीले काठमाडौं ल्याउन रोकेको भन्दै प्रहरीले उनका समर्थकमाथि बिहीबार अत्यधिक बल प्रयोग गर्याे। प्रहरीले अस्पतालभित्रै पुगेर कुटपिट गरेको पीडितहरूले बताएका छन् ।
केसीलाई काठमाडौं लैजानका लागि सेनाको हेलिकोप्टर आएपछि स्थानीय विरोधमा उत्रिएका थिए। उनीहरूले केसीलाई काठमाडौं लैजान नपाइने र जुम्लामा नै वार्ता हुनुपर्ने भन्दै विरोध गरेका थिए। यसरी विरोध गर्नेमा स्थानीय नागरिक, विद्यार्थी र उनका समर्थक थिए।
केसीलाई मनाउन र अवस्था सामान्य बनाउन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कानुनमन्त्री नरेश भण्डारीलगायत व्यक्ति जुम्ला पुगेका थिए। तर, समर्थकहरुले सरकारी टोलीलाई डा. केसीलाई भेट्न समेत दिएनन्।
त्यसपछि अाक्राेशित भएकाे प्रहरी टाेलीले अन्धाधुन्ध लाठीचार्ज गर्न थाल्याे। त्यसपछि पनि विराेध नथामिएपछि प्रहरीले दर्जनाैँ राउण्ड अश्रुग्यास प्रहार गर्न थाल्याे। यसपछि पनि स्थिति नियन्त्रणमा नअाएकाे भन्रदै प्रहरीले गाेली चलाएकाे थियाे। गोली प्रहरी जवान कमल आचार्यको छातीमा लाग्याे।
गाेली लागेका अाचार्यकाे अवस्था गम्भीर रहेको कर्णाली स्वास्थ्य विज्ञान अस्पताल स्रोतले जानकारी दिएको छ। झडपका क्रममा प्रहरीले अस्पतालमा पसेर अन्धाधुन्द लाठी प्रहार गरेको थियाे। त्यसक्रममा केसी समर्थक विद्यार्थीसँगै डाक्टर र विरामी कुरुवा पनि घाइते भएका छन् । घाइते विद्यार्थीहरुको अस्पतालकै इमर्जेन्सीमा उपचार भइरहेको छ ।
‘ दर्जनाैँ राउण्ड अश्रुग्यास र अन्धाधुन्ध लाठीचार्ज गरेर सरकारले नरसंहार मच्चाउन खोजेकाे छ’, केसीका एक समर्थकले भने।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा