स्वास्थ्य मन्त्रालयमा कसले पाए कुन जिम्मेवारी?

स्वास्थ्य मन्त्रालयमा कसले पाए कुन जिम्मेवारी?

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय संरचनाअनुसार मन्त्रालय र मातहतका कार्यालयका प्रमुखहरूको जिम्मेवारी तोकेको छ ।

स्वास्थ्य सचिव पुष्पा चौधरीले ३० कर्मचारीलाई मन्त्रालय, स्वास्थ्य सेवा विभाग र प्रदेशमा जिम्मेवारी दिइएको बताइन्। उनका अनुसार २६ जनाले नयाँ जिम्मेवारी पाएका छन्।

मन्त्रालयमा जनसंख्या व्यवस्थापन तथा स्वास्थ्य समन्वय प्रमुखको जिम्मेवारी डा.सुशीलनाथ प्याकुर्याललाई दिइएको छ। प्रशासन महाशाखामा मधुसुधन बुर्लाकोटी, जनसंख्या व्यवस्थापन महाशाखामा जर्नादन गुरागाईँ, गुणस्तर मापन तथा नियमन महाशाखामा डा.दीपेन्द्ररमण सिंह, नीति, योजना तथा अनुगमन महाशाखामा डा. विकास देवकोटा र स्वास्थ्य समन्वय महाशाखामा मोहम्मद दाउदलाई प्रमुखको जिम्मेवारी दिइएको छ।

त्यसैगरी, स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा. गुणराज लोहनी दिइएको छ। औषधि व्यवस्था विभागको जिम्मेवारी नारायण ढकालले नै पाएका छन्। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशक पनि डा.वासुदेव जनार्दनप्रसाद उपाध्याय नै भएका मन्त्रालयले जनाएकाे छ।

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा रमेशप्रसाद अधिकारी, उपचारात्मक सेवा महाशाखामा डा.मनिषा रावल, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा डा. विवेककुमार लाल, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखामा रोशनीलक्ष्मी तुइतुई, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण महाशाखामा डा. तारानाथ पोखरेल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.वासुदेव पाण्डेलाई प्रमुखको जिम्मेवारी दिइएको छ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरको निर्देशकमा डा भीमसिंह टिंकरी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. हरिशचन्द्र उप्रेती, राष्ट्रिय तालिम केन्द्रको निर्देशकमा झलक शर्मा पौडेल र राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा तालीम केन्द्रमा सुनिलराज शर्मालाई ल्याइएको छ ।

सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय प्रदेश १ को निर्देशकमा भोगेन्द्रराज डोटेल, प्रदेश २ मा चन्द्रदेव मेहता, प्रदेश ३ मा महेन्द्रप्रसाद श्रेष्ठ र गण्डकी प्रदेशको निर्देशकमा डा. तारानाथ पौडेललार्इ ल्याइएकाे छ। यस्तै प्रदेश ५ मा डा.विनोदकुमार गिरी, कर्णाली प्रदेशको निर्देशकमा रीता भण्डारी जोशी र प्रदेश ७ को निर्देशकमा डा. गुणराज अवस्थीलाई जिम्मेवारी दिइएको छ ।

यसैगरी डा. अनुज भट्टचन, डा. यदुचन्द्र घिमिरे, डा.रमेश खरेल र डा.राजेन्द्रप्रसाद पन्तलाई मन्त्रालय बोलाइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा