विधेयक फिर्ता लिए सरकारलार्इ सहयाेग गर्छाैँ : नेता थापा

काठमाडाैं : प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता लिन सरकारसँग माग गरेका छन्। बुधबार नेपाल प्रेस युनियनले काठमाडौंमा कांग्रेस नेता थापाले सरकारले संसदमा पेश गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता लिए वरिष्ठ चिकित्सक गोविन्द केसीले पनि आमरण अनशन तोड्ने बताए।
उनले प्रमुख प्रतिपक्षी दलको सहमतिमा मात्रै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अघि बढाउन पनि सरकारसँग आग्रह गरे। उनले सरकारले वरिष्ठ चिकित्सक केसीलाई वार्ताको नाटक गरेर जबरजस्ती रूपमा काठमाडौं ल्याउन चाहेको आरोप पनि लगाए।
विधेयक फिर्ता लिए वार्तामार्फत वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न सरकारलाई सहयोग गर्ने प्रतिबद्धता थापाले जनाए।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु