चिकित्सक संघले बिहीबार देशभरका आकस्मिक बाहेकका सेवा बन्द गर्ने

काठमाडौं : आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारले पहल नगरेको भन्दै नेपाल चिकित्सक संघले बिहीबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने भएको छ ।
संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बिहीबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने र दिउँसो १२ बजे माइतीघर मण्डलामा भेला हुने निर्णय गरेको हो।
सरकारी वार्ता टोलीलाई पूर्ण अधिकार नदिई डा। केसीलाई जबरजस्ती जुम्लाबाट काठमाडौं ल्याउने परिस्थितिमात्र सिर्जना गर्न वार्तामा बसेको हुनसक्ने आशंका संघले व्यक्त छ। बन्दमार्फत देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आवाज सरकारसम्म पुर्याउन र संवेदनशील हुन सहयोग पुग्ने संघले जनाएको छ।
सरकार अझै संवेदनशील नभए देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गर्नसम्म पछि नहट्ने चेतावनी संघले दिएको छ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु