त्रिवि शिक्षण अस्पतालमा कलेजाे प्रत्याराेपण तयारी

काठमाडाैं : महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण तयारीको अन्तिम चरणमा पुगेको छ। अस्पतालको ३६ औंँ वार्षिकोत्सवका अवसरमा सोमबार उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले कलेजो प्रत्यारोपण आर्इसीयूको उद्घाटन गरे।
अस्पतालका कार्यकारी निर्देशक डा. दीपकप्रकाश महराले कलेजो प्रत्यारोपणका लागि आर्इसीयूको भौतिक पूर्वाधार तयार पार्न धेरै समय नलाग्ने बताए। ‘प्रत्यारोपणका लागि अन्तिम तयारी भइरहेको छ’, उनले भने, ‘केही महिनाभित्रै कलेजो प्रत्यारोपण सुरु हुन्छ।’
कलेजो प्रत्यारोपणविद् डा.रमेश भण्डारीले कलेजो प्रत्यारोपण सेवा सुरु गर्न सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा