डा. केसीसँग वार्ता गर्न समिति गठन

काठमाडौं : चिकित्सा शिक्षामा सुधारको माग राख्दै जुम्लामा अनशनरत डा.गोविन्द केसीसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ।
सिंहदरबारमा सोमबार दिउँसो बसेको बैठकले केसीसँग वार्ता गर्न शिक्षा सचिव खगराज बरालको नेतृत्वमा वार्ता समिति गठन गरेको हो। समितिमा गृहमन्त्रालयका सचिव प्रेमकुमार राई र स्वास्थ्य मन्त्रालयका एक सहसचिव रहने जानकारी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले दिए।
डा. केसी १७ दिनदेखि जुम्लामा अनशनरत छन्। उनको स्वास्थ्यस्थिति ज्यादै बिग्रिएको भन्दै चिकित्सकहरूले चिन्ता व्यक्त गरेका छन्।
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा