चिकित्सा शिक्षा विधेयक कांग्रेसकै सहमतिमा अघि बढ्छ : मन्त्री पोखरेल

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रमुख प्रतिपक्षी दल कांग्रेसको सहमतिमै अघि बढाउने प्रतिबद्धता जनाएका छन्। संसदमा पेश गरिएको विधेयक फिर्ता लिन नसकिने भन्दै उनले त्यसमा खुला छलफल र बहस गर्न तयार रहेकाे बताए।
आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले विधेयक माथेमा कार्यदलले दिएको सुझावको मूल मर्मअनुसार आएको दाबी गरे। ‘तर माथेमा कार्यदलले दिएको सुझाव अपरिवर्तनीय दस्तावेज होइन’, उनले भने।
मन्त्री पोखरेलले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग अनुसार चिकित्सा शिक्षाको गुणस्तर बढाउने लगायतका समस्या समाधान गर्न विधेयकमै उच्चस्तरीय आयोगको व्यवस्था गरिएको भन्दै यसकाे गठन प्रक्रियालाई छिटो अघि बढाउन सहयोग गर्न कांग्रेसलाई आग्रह गरे। सरकारले वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाका लागि सक्दो पहल गरिरहेको दाबी पनि गरे।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति