डेंगु नियन्त्रण गर्न लामखुट्टेको लार्भा नष्ट

रूपन्देही : डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट गर्न सुरु गरिएको छ। रूपन्देहीको सैनामैना नगरपालिकाको मुर्गिया, कलौनी, सालझण्डीमा रहेको झाडी र सडक वरिवरिका बासस्थान खोजी गरी महिला स्वयंसेविकाले लार्भा नष्ट गरेका हुन्।
दुई दिनसम्म सञ्चालन भएको डेंगु रोग नियन्त्रण तथा रोकथामसम्बन्धी अभिमुखिकरणपछि लार्भा नष्ट गरिएको हाे। लार्भा नष्ट गर्ने काममा सैनामैना नगरपालिकाका जनप्रतिनिधिसमेत सहभागी थिए।
जिल्ला जनस्वास्थ्य कार्यालयका निरीक्षक केदारनाथ शाहले डेंगु सार्ने लामखुट्टेको बासस्थान र लार्भा नष्ट पारेर यसबाट बच्ने उपायबारे जानकारी दिइएको बताए। उनका अनुसार रुपन्देहीमा ९३१ जना डेंगु रोगबाट प्रभावित भएका छन्।तीमध्ये ५५७ जना बुटवल उपमहानगरपालिकामा र ११ जना सैनामैना नगरपालिकामा भेटिएका छन्।
डेंगुका कारण याे वर्ष रूपन्देहीमा तीन जनाको मृत्यु भइसकेको जिल्ला जनस्वास्वाथ्य कार्यालयले जनाएको छ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति