कलेजो रोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौं : कलेजो रोगको क्षेत्रमा भएका नविनतम उपलब्धिका बारेमा अनुभव आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलन आज सम्पन्न भएको छ। राजधानीमा भएको दुईदिने सम्मेलनमा कलेजोमा लाग्ने रोग, रोगीको अवस्था र बिरामीलाई कसरी सहज उपचार दिन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो।
‘अल्कोहलिक लिभर डिजिज’का बारेमा छलफल गरी व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा व्यापक छलफल भएको आयोजकले जनाएकाे छ। सम्मेलनमा १२ देशका विशेषज्ञ चिकित्सकको सहभागिता रहेको थियो। विशेषज्ञहरूले कलेजो रोगका विभिन्न विधामा वैज्ञानिक कार्यपत्र प्रस्तुत गरेका थिए। कलेजो रोगसम्बन्धी नेपालमा आयोजना गरिएको यो पहिलो अन्तर्रा ष्ट्रिय सम्मेलन हो।
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा