अावासीय चिकित्सकले चलाए माइतीघर मण्डलामा अाेपीडी

काठमाडौं : आन्दोलनरत आवासीय चिकित्सकहरूले काठमाडौंको माइतीघर मण्डलामा ओपीडी (बहिरंग सेवा) सञ्चालन गरेका छन्। १४ दिनदेखि आमरण अनशनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गए पनि सरकारले चासो नदेखाएको भन्दै उनीहररू हडतालमा उत्रिएका हुन्।
डाक्टर केसीको माग पूरा गराउन सरकारलाई दबाव दिने उद्देश्यले माइतीघरमा ओपीडी सेवा सञ्चालन गरेको आवासीय चिकित्सक संघले जनाएको छ।
माइतीघरमा जम्मा भएका ५० आवासीय चिकित्सकले डा. केसीको माग यथाशीघ्र पूरा गर्न माग गरे। ‘माग पूरा नभएसम्म हडताल जारी रहन्छ’, आवासीय चिकित्सक संघका अध्यक्ष डा. सुमित पाण्डेले भने, ‘सरकार डा. केसीका मागप्रति उदासीन बन्दै गए सम्पूर्ण सेवा बन्द गरी आन्दोलनमा उत्रिनेछौँ।’
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति