सैनामैनामा सर्पदंश उपचार केन्द्र बन्दै

रूपन्देही : सैनामैना नगरपालिका– १० स्थित बनकट्टीमा सर्पदंशसहित अन्य रोगको उपचार केन्द्र निर्माण भएको छ। उपचार केन्द्रको ९० प्रतिशत काम पूरा भएको व्यवस्थापन समितिका अध्यक्ष मीनप्रसाद घिमिरेले बताए।
एक करोड रुपैयाँभन्दा बढीको लागतमा निर्माण हुन लागेको उपचार केन्द्रका लागि महायज्ञबाट ७४ लाख रुपैयाँ संकलन भएको थियो। यस्तै सैनामैना नगरपालिकाबाट २० लाख, कञ्चन गाउपालिकबाट पाँच लाख र गैंडहवा गाउँपालिकाबाट दुई लाख ५० हजार रुपैयाँ प्रदान गरिएको थियो।
रूपन्देही, कपिलवस्तु, नवलपरासी लगायतका क्षेत्रमा विषालु सर्पको डसाइबाट बर्सेनि धेरै जनाकाे ज्यान जाने गरेको छ। नगरप्रमुख चित्रबहादुर कार्कीले यो केन्द्रको निर्माण पछि उपचारका लागि बुटवल जानुपर्ने अवस्थाकाे अन्त्य हुने बताए। नेपाली सेनासँगको समन्वयमा उपचार केन्द्र स्थापना हुन लागेको र सेनासँगको सहकार्यबाट उपचार सेवालाई निरन्तर र दिगो बनाउने उनकाे भनाइ छ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति