सिमकोट पूर्ण खोपयुक्त गाउँपालिका घोषित

सिमकोट : हुम्लाको सिमकोट गाउँपालिकालाई जिल्लाकै दोस्रो पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ। आठवटै वडाका दुई सय ५९ मध्ये ८० प्रतिशत भन्दा बढी बालबालिका ११ वटै रोगविरुद्ध खोपको पहुँचमा पुगेपछि सिमकाेटलार्इ पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको सिमकोट गाउँपालिकाका स्वास्थ्य संयोजक ध्रुव सिंहले बताए।
पूर्ण खोपयुक्त देश घोषणा गर्ने सरकारकाे लक्ष्य अनुसार सिमकोटमा भएका सबै बालबालिकालाई गएको वर्षदेखि सघन खोप अभियान सञ्चालन गरिएकाे थियाे। जन्मिनेबित्तिकै क्षयरोग, बीसीजी, डीपीटी, हेपटाइटिस बी ६ हप्ता, १० हप्ता र १४ हप्तामा ३ पटक, पोलियो थोपा र नाै महिना पूरा भएपछि, दादुरा–रुबेला खोप पूरा गरिएको जिल्ला स्वास्थ्य प्रमुख डा. रञ्जितकुमार यादवले बताए।
सिमकोट गाउँपालिका कुनै पनि बालबालिका अब खोपबाट वञ्चित हुनु नपर्ने यादवले बताए। यसअघि असार २५ गते खार्पुनाथ गाउँपालिकालाई पूर्ण खोपयुक्त घोषणा गरिएकाे थियाे।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति