सार्क एकेडेमी अफ अफथाल्मोलोजी सम्मलेन बिहीबारदेखि

काठमाडौं, असार ४– सीमारहित दृष्टि भन्ने नारासहित काठमाडौंमा सार्क एकेडेमी अफ अफथाल्मोलोजी सम्मेलन हुने भएको छ । सार्क एकेडेमी अफ अफथाल्मोलोजी र नेपाल अफथाल्मिक सोसाइटीले संयुक्त रूपमा सम्मेलनको आयोजना गर्ने भएका हुन । यही बिहीबारदेखि चल्ने सम्मेलनमा सार्क राष्ट्रसहित चौबीस देशका आँखा रोगसम्बन्धी विज्ञहरूको सहभागिता रहनेछ ।
आइतबार सम्मेलनका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष प्रा.डा.सुमन थापाले सार्क राष्ट्रमा आँखाको समस्या मिल्दोजुल्दो भएकाले पनि एक अर्काको देशबाट आँखामा हुने रोगको उपचार तथा निर्मूल पार्ने विषयमा अनुभव आदानप्रदान गर्ने मौका मिल्ने बताए । यसैगरी सम्मेलनकी साइन्टिफिक समितिकी सचिव डा. इली प्रधानले बदलिँदो वायु प्रदूषण र मानिसको बदलिँदो जीवशैलीका कारण आँखा स्वास्थ्यमा पारेका असर , बढ्दो स्मार्ट ग्याजेट, मोबाइलबाट आउन सक्ने समस्याका बारेमा कार्यपत्र प्रस्तुत हुने बताइन् ।
सम्मेलनमा ६ सय भन्दा बढी विज्ञहरूको सहभागिता रहनेछ । आँखाको विभिन्न विधा जस्तै बाल आँखा रोग, जलबिन्दु, मोतियाविन्दु, रेटिनोप्याथी,अकुलोप्लाष्टिक जस्ता विषयमा कार्यपत्र प्रस्तुत हुने आयोजक समितिकी सचिव प्रा.डा. सविना श्र्ष्ठले बताइन् ।
यही जुन २१ देखि २४ तारिखसम्म चार दिन चल्ने यस किसिमको सम्मेलन नेपालमा २० वर्षपछि हुन लागेको हो ।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै