ट्रकोमा रोग निवारण गर्ने नेपाल दक्षिण पूर्वी एशियामै पहिलो राष्ट्र

काठमाडौं,जेठ २९– नेपाल आँखामा लाग्ने ट्रकोमा रोग निवारण गर्ने दक्षिण पूर्वी एसियामै पहिलो राष्ट्र भएको छ । मंगलवार स्वास्थ्य पत्रकार मञ्च नेपालसँगको अन्तरक्रिया कार्यक्रममा संघका अध्यक्ष प्रा. डा. तीर्थप्रसाद मिश्रले आँखा रोगमा नेपालले ठूलो फड्को मारेको भन्दै नेपाल ट्रकोमा निवारण गर्ने दक्षिण पूर्वी एसियामै पहिलो राष्ट्र भएको बताए ।
विश्व स्वास्थ्य संगठनले ट्रकोमा अब नेपालमा जनस्वास्थ्य समस्या नरहेको भन्दै विश्व स्वास्थ्य संगठनको ७१औं महासभामा नेपालको प्रतिनिधित्व गर्दै जेनेभा पुगेकी स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याललाई प्रमाणपत्र प्रदान गरेको थियो ।
नेपालमा मोतियाबिन्दु पछि ट्रकोमा अन्धोपन निम्त्याउने दोस्रो कारण बनेको थियो ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति