सरकारी अस्पतालको सेवा व्यवस्थित गर्नु पहिलो प्राथमिकताः स्वास्थ्यमन्त्री

काठमाडौं, २८ जेठ –उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले ग्रामीण भेगमा औषधिको सहज वितरण र सरकारी अस्पतालको सेवालाई व्यवस्थित गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।
मन्त्री यादवले तत्काल देशका कुना काप्चासम्म औषधिको सहज वितरण गर्न र सरकारी अस्पतालको सेवालाई व्यवस्थित गनु ठुलो चुनौती रहेको भन्दै आफू यसको लागि लागिपर्ने बताए ।
स्वास्थ्य पत्रकार मन्च नेपाल संगको भेटघाटका क्रममा मन्त्री यादवले स्वास्थ्य क्षेत्र अत्यन्त संवेदनशिल रहेको र यसको समग्र सुधारका लागि सन्चारकर्मीको भुमिका महत्वपूर्ण भएको जिकीर गरे । उनले स्वास्थ्य सम्बन्धि कार्यक्रममा मन्चसंग सहकार्य गरी अघि बढ्न समेत तयार रहेको बताए ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति