स्वास्थ्यकर्मीलाई एचआइभी सम्बन्धि प्रशिक्षण

जेठ १५,भक्तपुर— भक्तपुरका स्वास्थ्यकमीलाई एचआइभी सम्बन्धि प्रशिक्षण दिइएको छ । राष्ट्रिय एचआइभी एड्स महासंघ नेपाल तथा राष्ट्रिय एचआइभी नियन्त्रण केन्द्रको लक्षित समुदायमा आधारित कार्यक्रम अन्तर्गत उक्त प्रशिक्षण दिइएको हो ।
प्रशिक्षणमा एभआइभी संक्रमित माथि हुने भेदभाव र लाञ्छना न्यूनिकरण गर्ने,मानवअधिकारको सिद्धान्त ,नयाँ विश्वव्यापी मान्यता र अवधारणवारे जानकारी दिइएको थियो । यसैगरी एचआइभी एड्स संक्रमितले सेवन गर्ने औषधि एवम एआरटी उपचार पद्धतिवारे समेत विस्तृत जानकारी दिइएको थियो । देशका सातै प्रदेशमा रहेका स्वास्थ्यकर्मीलाई यस्तै प्रशिक्षण चलाउने लक्ष्य लिएको आयोजकको भनाई छ ।
भक्तपुरस्थित नेपाल स्वास्थ्य शिक्षा तथा वातावरण संरक्षण विकास फाउन्डेसनको संयोजनमा भएको उक्त प्रशिक्षणमा भक्तपुरका सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थामा कार्यरत ४० जना स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो । रासस
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति