थाइराइड दिवस मनाइँदै

काठमाडौं,जेठ ११
आज विश्व थाइराइड दिवस । नेपालमा पनि विविध जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ । दिवसकै अवसरमा जावलाखेलस्थित अल्का अस्पतालले जनचेतामूलक र्याली निकालेको थियो । अस्पतालबाट शुरु भएको र्याली जावलाखेल, कुमारीपाटी,लगनखेल,पुल्चोक हुँदै पुन अस्पतालमा आएर टुंगिएको थियो । दिवसकै अवसर पारेर अस्पतालले निशूल्क शिविर समेतको आयोजना गरेको छ ।
थाइराइड घाँटीमा हुने एक ग्रन्थी हो जसले शरीरलाई चाहिने हर्मोन निकाल्ने काम गर्दछ । यदि यो ग्रन्थीले कम हर्मोन उत्पादन गर्यो भने र बढी उयत्पादन गर्यो भने पनि शरीरमा समस्या देखिन थाल्दछन । हर्मोन कम उत्पादन हुनुलाई मेडिकल भाषामा हाइपोथाइराइडिज्म र बढी उत्पादन हुनुलाई हाइपर थाइराइडिज्म भन्ने गरिन्छ । हाइपो थाइराइडिज्ममा मोटाउँदै जाने,आलस्य हुने,बढी जाडो हुने, कपाल झर्दै जाने, खानामा रुचि नहुने जस्ता लक्षण देखिन्छन भने हाइपो थाइराइडिज्ममा यसको ठिक विपरित विरामी दुब्लाउँदै जाने, बढी गर्मी हुने, पसिना बढी आउने, रिस धेरै उठ्ने, मुटुको चाल छिटो छिटो चल्ने, आत्तिने जस्ता लक्षण देखिन्छन । यो रोग बढी महिलामा देखिने गर्छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति