सुर्तीजन्य पदार्थमा कर बढाउन सरोकारवालाको सुझाव

काठमाडौं,जेठ ९— सुर्तीजन्य पदार्थको प्रयोग घटाउनका लागि यसमा लाग्ने कर बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा उनीहरुले सुर्तीजन्य पदार्थमा लगाइएको कर अन्य देशको तुलनामा निकेै कम भएको भन्दै यसलाई बढाउनुपर्नेमा जोड दिएका थिए ।
स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, द यूनियन, अमेरिकी क्यान्सर सोसाइटी र एक्सन नेपालको संयुक्त आयोजनामा गरिएको एक दिने उक्त कार्यक्रममा वक्ताहरुले सुर्तीजन्य पदार्थको सेवनकै कारण वर्षेनी पन्ध्र हजार भन्दा बढी विरामीले ज्यान गुमाइरहेको तथ्यलाई मध्य नजर गर्दै यसको कर बढाउनुको विकल्प नभएको बताएका थिए ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र्र पन्तले नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन उत्कृष्ट ऐन भएकाले यसको पूर्ण कार्यान्वर्यन जरुरी रहेको बताए । यसैगरी स्वास्थ्य शिक्षा सूचना तथा सन्चार केन्द्रका निर्देशक बद्री खड्काले सुर्तीजन्य पदार्थको ऐन कार्यान्वर्यनमा सबै जना हातेमालो गरेर जानुपर्नेमा जोड दिए ।
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा