गैर आवासीय नेपाली संघ र नेपाल क्यान्सर अस्पताल विच सम्झौतामा हस्ताक्षर

काठमाडौं, जेठ ८—गैर आवासीय नेपाली संघ र तिनका परिवारले नेपाल क्यान्सर अस्पतालको उपचार सेवामा विशेष सहुलियत पाउने भएका छन । सोमवार अस्पतालमा आयोजित कार्यक्रममा संघकी उपाध्यक्ष सपिला राजभण्डारी र अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठविच समझदारी पत्रमा हस्ताक्षर भएको छ । कार्यक्रममा संघकी उपाध्यक्ष राजभण्डारीले उपचारमा भएको यो सम्झौताले दुबै पक्षलाई फाइदा हुने बताइन । यसैगरी डा.श्रेष्ठले यो एउटा शुरुवात मात्रै भएको भन्दै क्यान्सर उपचार नेपालमै सम्भव भएकाले कसैलाइै पनि विदेश जानु नपर्ने वातावरण सिर्जना गर्न जरुरी रहेको बताए ।।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति