स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा आचार्य

काठमाण्डौं, जेठ ७–स्वास्थ्य पत्रकार मञ्चको तेस्रो अधिवेशनले हेल्थ टेलिभिजन अनलाइनकी प्रधान सम्पादक कल्पना आचार्यलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ । स्वास्थ्य विधामा कार्यरत पत्रकारहरूको साझा संस्था मञ्चको शुक्रबार सम्पन्न अधिवेशनले आचार्यको नेतृत्वमा दुई वर्षका लागि ११ सदस्यीय कार्य समिति चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा गोरखापत्र दैनिकका सरोज ढुङ्गेल महासचिवमा नेपाली हेल्थ डटकमका रामप्रसाद न्यौपाने सचिवमा कान्तिपुर साप्ताहिकका भिषा काफ्ले कोषाध्यक्षमा हाम्रो डक्टर डटकमका उद्धव भेटवाललाई चयन गरेको छ । यसैगरी सदस्यहरूमा निर्वाचित हुनेमा देशसञ्चारकी दीपा दाहाल अनलाइन खवरकी, ऋचा अर्याल न्युज २४ टेलिभिजनकी रिया भण्डारी सौर्य दैनिककी यशिमा महत र रातोपाटीकी अञ्जु तामाङ रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष आचार्यले मंच स्वास्थ्यका क्षेत्रमा कलम चलाउने सम्पूर्ण पत्रकारको साझा संस्था भएकाले सबैलाई समेटेर अघि बढने बताइन । साथै उनले स्वास्थ्य क्षेत्र अत्यन्त संवेदनशिल भएकाले स्वास्थ्यमा कलम चलाउने पत्रकारहरू अझ बढी जिम्मेवार हुनुपर्ने भन्दै उनीहरुको क्षमता अभिवृद्धिमा मंच लागिपर्ने बताइन । महिलाले नेतृत्व गरेको कार्यसमितिमा पचहत्तर प्रतिशत भन्दा बढी महिला पत्रकार रहेको यो पहिलो व्यावसायिक संस्था बनेको छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति