कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ कति संक्रामक ?

कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ कति संक्रामक ?

हेल्थ टिभी अनलाइन : विश्व स्वास्थ्य संगठनले मार्च ९ मा वैज्ञानिकहरूले कोभिड १९ को नयाँ भेरिअन्ट डेल्टाक्रोन पत्ता लगाएको घोषणा गर्‍यो। डेल्टा र ओमिक्रोन भेरिअन्टको संयुक्त रूप भएकाले यो नयाँ भेरिअन्टलाई डेल्टाक्रोन नाम दिइएको छ।

डब्ल्यूएचओले यो भेरिअन्टलाई एवाई पाेइन्ट ४ र बीए पाेइन्ट १ पनि भन्छ र यसलाई अहिलेसम्म चिन्ताको भेरिअन्टका रूपमा वर्गीकरण गरिएको छैन। जसको अर्थ यो भेरिअन्ट अहिलेसम्म जनस्वास्थ्यका ठूलो प्रभाव पार्ने खालको देखिएको छैन।डेल्टाक्रोनको संक्रमण युरोप, अमेरिका र दक्षिण अमेरिकामा भेटिएको छ।तर वैज्ञानिकहरू यो भेरिअन्ट कत्तिको संक्रामक छ वा यसमाथि खोपले कति काम गर्छ वा यसले गम्भीर खालका लक्षण ल्याउँछ कि ल्याउँदैन भन्ने कुरामा स्पष्ट भइसकेका छैनन्। त्यसो भए अहिलेसम्म डेल्टाक्रोन भेरिअन्टका बारेमा थाहा भएका कुराहरू के के हुन् त ?

उत्पत्ति र विस्तार
डेल्टाक्रोनको पहिलो संक्रमण सन् २०२२ को जनवरीमा फ्रान्समा भेटिएको थियो। त्यसयता यो बेल्जियम, जर्मनी, डेन्मार्क र नेदरल्यान्डमा फेला परिसकेको वैज्ञानिकहरूले कोरोनाभाइरसबारे जानकारी आदानप्रदान गर्ने अनलाइन प्ल्याटफर्म जीसेडमा उल्लेख गरिएको छ। हालैका दिनमा डेल्टाक्रोन यूके, अमेरिका र ब्रजिलमा पनि भेटिएको छ।

यसको संक्रमण अहिलेसम्म निकै कम छ । मार्च १५ सम्म जम्मा ४७ नमुनाका बारेमा जीसेडमा जानकारी छ जसमध्ये ३६ वटा फ्रान्सको नमुना हुन्।पुष्टि भएको जानकारी नभए पनि ज्यानुअरीदेखि मार्चसम्म डेल्टाक्रोनको संक्रमण जति फैलिएको देखिएको छ त्यसलाई हेर्दा यो डेल्टा वा ओमिक्रोनभन्दा धेरै संक्रामक नदेखिएको प्रारम्भिक सङ्केत छ। यो सङ्केतसँग मिल्दोजुल्दो तथ्याङ्क अमेरिकामा जीन सीक्वन्सिङ गर्ने निजी कम्पनी हेलिक्सको अप्रकाशित अध्ययनमा छ।

हेलिक्सका वैज्ञानिकहरूले सन् २०२१ को नोभेम्बरदेखि सन् २०२२ को फेब्रुअरीसम्म सङ्कलन गरेका कोभिडका २९,००० नमुनामध्ये दुई नमुनामा मात्रै डेल्टाक्रोन सङ्क्रमण देखिएको छ। त्यो समयावधि भनेको अमेरिकामा डेल्टा र ओमिक्रोन ज्यादै फैलिएको समय थियो।अध्ययनकर्ताहरूले अहिलेका लागि यो नयाँ भेरिअन्ट विरलै भएको र यो डेल्टा ओमिक्रोन संयुक्त भाइरस ओमिक्रोनभन्दा बढी सङ्क्रामक भएको कुनै प्रमाण नभेटिएको बताएका छन्।

बीबीसीबाट : 

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा