विश्व स्वास्थ्य संगठनले कोरोना भेरियन्टको छुट्टाछुट्टै नाम राख्यो : अल्फा, डेल्टा, बिटा, गामा

हेल्थ टिभी अनलाइन : विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका नयाँ नयाँ प्रकारहरू भेटिन थालेपछि तिनको छुट्टाछुट्टै नाम दिएको छ ।
अबदेखि विश्व स्वास्थ्य संगठनले यूके, दक्षिण अफ्रिका र भारतमा सबैभन्दा पहिला देखा परेका विभिन्न भेरियन्टलाई ग्रीक वर्णमालाका अक्षरहरूको प्रयोग गरेर चिनाउनेछ।
जहाँ भेरियन्ट पहिले पत्ता लाग्यो त्यही ठाउँबाट चिन्ने गरिएको अहिलेको प्रणालीले स्थानविशेषविरुद्ध विभेदपूर्ण भावना विकसित गराएको भन्दै डब्ल्यूएचओले नयाँ प्रणाली ल्याएको हो।
जसअनुसार अबदेखि यूके भेरियन्टलाई ‘अल्फा’, दक्षिण अफ्रिकी भेरियन्टलाई ‘बिटा’, ब्राजिल भेरियन्टलाई ‘गामा’ अनि भारतीय भेरियन्टलाई ‘डेल्टा’ भनिनेछ। भारतमै फेला परेको अर्को भेरियन्ट बी.१. ६१७.१ लाई ‘कप्पा’ नाम दिइएको छ ।
भारतमा देखिएका दुबै भेरियन्ट नेपालमा पनि देखिसकेका छन्। भारतीय सरकारले त्यहाँ गत अक्टोबरमा सबैभन्दा पहिले यकिन गरिएको बी. १.६१७.२ भेरियन्टलाई भारतीय भेरियन्ट भनिएकोमा आलोचना गरेको थियो।
त्यसो त डब्ल्यूएचओले आधिकारिक रूपमा त्यसको नाम भारतीय भेरियन्ट भनेर कहिले पनि भनेको थिएन।
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights
नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न