चीनमा पनि भेटियो नयाँ प्रकारको कोरोना भाइरस

हेल्थ टिभी अनलाइन : बेलायतमा फेलिएको नयाँ प्रकारको कोरोना भाइरस चीनमा पनि भित्रिएको छ ।
बेलायतबाट फर्किएकी २३ वर्षीया युवतीमा नयाँ प्रकारको कोरोना भाइरस भेटिएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। युवती चीन फर्किएलगत्तै आइसोलेसनमा राखेर जिन सिक्वेन्सिङ गरिएको र सो परीक्षण गर्दा नयाँ भाइरस पुष्टि भएको बताइएको छ ।
यतिबेला बेलायतबाट शुरु भएको नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण अन्य देशहरुमा समेत देखिन थालेको छ । यो म्युटेसन भएर बनेको भाइरस पहिलेको भन्दा ७० गुणा बढी छिटो सर्ने र दुख दिने खालको भएको विज्ञहरुले बताउँदै आएका छन्।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights