भारतमा संक्रमितको संख्या २ लाख नाघ्यो, एकैदिन थपिए ८ हजार बढी संक्रमित

हेल्थ टिभी अनलाइन: भारतमा कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढिरहेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ बुधबारसम्म २ लाख ७ हजार ६ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यसैगरी हालसम्म ५ हजार ८ सय १५ जनाको मृत्यु भएको जनाइएको छ । यसैगरी १ लाख बढी संक्रमित कोरोना जितेर अस्पतालबाट घर फर्केका छन्।
भारतमा पछिल्लो २४ घण्टामा मात्रै ८ हजार ८ सय ९ जना नयाँ संक्रमित थपिएका छन् भने २१७ जनाको कोरोनाको कारण मृत्यु भएको छ । भारतका महाराष्ट्र, दिल्ली, गुजरात, राजस्थान,मध्य प्रदेशलगायतका राज्य बढी प्रभावित भएका छन्।
भारतमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा त्यसको असर नेपालमा पनि पर्ने देखिन्छ । खुला सिमानाका कारण कामको शिलशिलामा भारतमा रहेका धेरै नेपालीहरु स्वदेश आउने क्रम बढ्दा संक्रमणको जोखिम पनि बढी हुने विज्ञहरुको भनाई छ ।
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा