सधैँ स्वस्थ रहन अपनाउनुस् यस्ताे जीवनशैली

सूर्योदयअगावै उठ्ने
दिनको सुरुवात घाम उदाउनुअघि नै गर्नुपर्छ। आयुर्वेदमा त अझ ब्राह्ममुहूर्तमा उठ्नुपर्ने बताइएको छ। यसरी बिहान सबेरै उठ्दा शरीरमा स्फूर्ति पैदा हुन्छ। दिन सही ढंगले व्यवस्थापन गर्न सकिन्छ।
पानी पिउने
उठेपछि शौच गर्नुअघि नियमित रूपमा दुईचार गिलास मनतातो पानी पिउनुपर्छ। यसले पाचन प्रक्रिया चुस्त एवं तन्दुरुस्त बनाउँछ। कब्जियतजस्ता समस्या दूर हुन्छ। मुटुरोगको खतरा पनि कम हुन्छ।
योग र व्यायाम
शाैचकार्यपछि खाली पेटमा योग, ध्यान वा व्यायाम गर्नुपर्छ। यसले शरीरमा नयाँ उर्जा प्रवाह गर्नुका साथै रक्तसञ्चार पनि बढाउँछ।
नास्ता अनिवार्य
व्यायामपछि बिहानको नास्ता लिनुपर्छ। यसले मस्तिष्क सक्रिय रहन्छ। स्फूर्ति र काम गर्ने जाँगर बढ्छ।
खानपानमा ध्यान
हरेक दिन नियमित एकै समयमा खाना खानुपर्छ। एकैपटक थरीथरीका खानेकुरा सेवन गर्नुहुँदैन। खानेकुराको सन्तुलन मिलाउनुपर्छ । सकेसम्म सात्विक भोजन लिनुपर्छ। मसला कम भएको, हलुका किसिमकाे आहारलाई प्राथमिकता दिनुपर्छ।
खाना खानुअघि वा खाना खाए लगत्तै पानी पिउनु हुँदैन। खाना खानु आधा घण्टाअघि वा पछि मात्र पानी पिउनुपर्छ। खाना खाएलगत्तै तुरुन्तै बलको काम गर्नुहुँदैन। नुहाउनु हुँदैन। खाना खानसाथ सुत्नु पनि हुँदैन।
केही समय घाममा
हरेक दिन बिहान कम्तीमा आधा घण्टा घाममा बिताउनुपर्छ। यसले भिटामिन डी प्राप्त हुन्छ। शरीरको कतिपय दुखाई कम हुन्छ।
सोझो पोजिसनमा बस्नुस्
कामकाे शिलशिलामा कुप्रिएर, झुकेर, खुम्चिएर बस्नु हुँदैन । यसरी बस्दा शरीरका भित्री अंगहरुको कार्य सञ्चालनमा बाधा पुग्छ। सोझो वा मेरुदण्डलाई सिधा बनाएर बस्नुपर्छ ।
गहिरो निद्रा आवश्यक
हरेक दिन कम्तीमा सात\आठ घण्टा सुत्नुपर्छ। कोठा खुला वा हावा आउजाउ गर्ने हुनुपर्छ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा