शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
हेल्थ टिभी अनलाइन : शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्कीमाथि आक्रमण भएको छ । आक्रमणमा परी उनको आँखामा गम्भीर चोट लागेको छ । उनको अहिले तिलगंगा आँखा अस्पताललमा उपचार भइरहेको छ ।
रिपोर्टिङका लागि पुगेकी पत्रकार कार्कीलाई प्रहरी र शिक्षकबीचको झडपको क्रममा आँखामा चोट लागेको थियो । प्रहरीले हानेको पानीको फोहोराले कार्कीको आँखामा चोट लागेको बताइएको छ । यहीवीच नेपाल पत्रकार महासंघको टोलीले घाइते पत्रकारको अवस्था बुझ्न अस्पताल पुगेको थियो । महासंघले दोषीमाथि कारवाही तथा नि:शुल्क उपचारको व्यवस्था गर्न माग गरेको छ ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड