तरकारी र फलफूललाई कसरी विषादीरहित बनाउने?

पौष्टिक आहार अग्रपंक्तिमा पर्छ, सागसब्जी र फलफूल। तर पोषणका लागि खाइने यस्ता खानेकुरा अचेल विषाक्त बनिरेहका छन्। सागसब्जी र फलफूलबाट हामी पोषण होइन, विष सेवन गरिरहेका छौँ।
खेतमा उब्जाउ हुने यस्ता सागसब्जीलाई किराबाट जोगाउन अनेकथरीका किटनाशक औषधि प्रयोग हुन्छ। यसैगरी सागसब्जी र फलफूललाई आकर्षक बनाउन विषादीकै प्रयोग हुने गरेको छ।
किटनाशकयुक्त तरकारी तथा फलफूल सेवनले मानव शरीरमा मन्दविषको काम गरिरहेको हुन्छ। किटनाशक औषधिको प्रयोगको मिश्रणबाट प्रजनन क्षमतामा कमी ल्याएको हुन्छ साथै वीर्यको विकास र बच्चाको दिमागमा पनि प्रभावित पार्छ। यस्ता किटनाशक औषधिको अधिक प्रयोगले हाम्रो शरीरको हार्मोनमा पनि समस्या उत्पन्न हुन्छ ।
कसरी हटाउने किटनाशक?
अर्ग्यानिक फलफूल तथा सागसब्जी खानु नै किटनाशकबाट बच्ने उपाय हो, तर बजारमा सजिलै उपलब्ध हुँदैन। महँगो पनि हुन्छ।
फलफूल अथवा सागसब्जी सफापानी (ताताेपानी) मा ३\४ चोटी राम्ररी धुनाले पनि केही फाइदा हुन्छ, तर यसबाट किटनाशक पूर्ण रूपमा नहट्न सक्छ।
हरिया सागपात र नासपाती, स्याउ जस्ता फल तासेर खान सकिन्छ। अन्य फलफूल जस्तै अंगुर, स्ट्रवरी, आदि पानीमा राम्रोसँग पखालेर खानुपर्छ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा