शरीरमा प्राेटिनकाे मात्रा कम भए देखिन्छन् यस्ता लक्षण

मानव शरीरलाई स्वस्थ राख्न आवश्यक पोषण तत्त्वमध्ये एक हो प्रोटिन। कुनै पनि मानिसको शरीरलाई कति मात्रामा प्रोटिन आवश्यक पर्छ भन्ने कुरा उसको शरीर, तौल, मांसपेशी, शारीरीक श्रम तथा उमेरअनुसार निर्धारण हुन्छ। शरीरमा प्रोटिनको कमीका कारण शरीरमा यस्ता समस्या आउन सक्छन्–
उच्च रक्तचापको समस्या
प्रोटिनको कमीका कारण पनि मानिसलाई उच्च रक्तचापको समस्या हुन्छ। त्यसैले चिकित्सक उच्च रक्तचापको बिरामीलाई प्रशस्त मात्रामा प्रोटिन सेवन गर्न सल्लाह दिन्छन्। उच्च रक्तचापका कारण मानिसलाई हृदयाघात, पक्षघात लगायतका समस्या निम्तिने जोखिम हुन्छ।
इम्युन सिस्टम कमजोर
शरीरमा लाग्न नदिन वा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन प्रोटिन महत्त्वपूर्ण तत्त्व हो। प्रोटिनले शरीरको कोषिका निर्माण गर्नुका साथै शरीरको एन्टिबडिज निर्माण गर्न सहयोग पुर्याउँछ। यसले शरीरलाई विभिन्न किटाणु, जीवाणु तथा रोगहरूसित लड्न सघाउँछ।
हड्डी भाँचिने
हड्डीको विकास र यसको मजबुतीका लागि प्रोटिनको पनि महत्वपूर्ण भूमिका हुन्छ। पर्याप्त मात्रामा प्रोटिनको सेवन नगर्ने व्यक्तिमा हड्डी कमजोर हुने समस्या निम्तिनुका साथै हड्डी समस्या पनि उत्पन्न हुन्छ।
हातखुट्टा सुन्निने
प्रोटिनले रक्तनलीमा नुन तथा पानीलाई नियन्त्रणमा राख्न पनि भूमिका खेल्छ। नुन तथा पानीलाई कोषिकामा छिर्न दिदैन। रगतमा प्रोटिनको मात्रा न्यून भयाे भने याे नियन्त्रणमा रहँदैन, जसका कारण हातखुट्टा दुख्ने सुन्निएर इडिमा हुन्छ।
छालामा समस्या
प्रोटिनको कमीका कारण छाला रातो हुने, छालामा फोका आउने तथा छाला चिलाउने समस्या हुनसक्छ। यस्ता एलर्जीलाई चिकित्सकीय भाषामा ‘एक्जिमा’ पनि भनिन्छ, जसका कारण छाला चिलाउने, पोल्ने तथा छालामा रातो दाग आउने गर्छ।
मांसपेशी कमजोर हुने
शरीरमा प्रोटिनकै कमी भएमा शरीरले अन्य तत्त्वबाट प्रोटिन खोज्न थाल्छ । त्यतिबेला यसले पुनः अमिनो एसिडबाट प्रोटिन लिन्छ, जसका कारण मांसपपेशी कमजोर हुन्छ।
कपाल झर्ने
हाम्रो कपालको रौ किरेटिन नामक तत्त्वले बनेको हुन्छ। याे हाम्रो कपालको जरामा उत्पादन हुन्छ। तर जब शरीरले पर्याप्त मात्रामा प्रोटिन पाउँदैन, तब कपाल फुस्रो हुने, पातलिने, टुक्रिने समस्या आउँछ।
नङ टुक्रिने
मानिसको कपाल झै हातखुट्टाको नङ पनि किरेटिनबाट बनेको हुन्छ। शरीरमा प्रोटिनको कमी भएमा नङ चिरा पर्नुका साथै टुट्ने तथा भाँच्चिने समस्या आउँछ।
जति खाएपनि नअघाउने
शरीरमा प्रोटिन कमी भएमा पेटभर खाना खाँदा समेत नअघाएको महशुस हुन्छ। जति खाना खाएपनि भोको महशुस हुन्छ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा