थोरै खाए औषधि, धेरै खाए विष

आयुर्वेदमा भनिएको छ, खानेकुरा त्यति नै खानुपर्छ, जति हाम्रो शरीरलाई आवश्यक हुन्छ। मात्रा र समय मिलाउन नजान्दा हामीले खाएको खाना शरीरमा रोगको कारक बनिदिन्छ। अझ केही खानेकुरा यस्ता छन्, जो थोरै खाँदा अमृतसमान हुन्छन्, धेरै खाए विष।
दूध
गाईभैँसीको दूध मानव शरीरका लागि ज्यादै पोषिलो मानिन्छ। यसमा क्याल्सियम, भिटामिन डी जस्ता पौष्टिक तत्त्व पाइन्छ। तर, धेरै मात्रामा पिउँदा यसले हड्डी कमजोर बनाउँछ।
केरा
बालबालिकादेखि वृद्धवृद्धासम्मलाई मन पर्ने केरा अत्यन्त लाभदायी फल हो। यसमा फाइबर, पोटासियम, मिनरल्स जस्ता तत्त्व पाइन्छ। तर, यसको सेवन अधिक मात्रामा गरियो भने शरीरमा पोटासियमको मात्रा बढ्छ। यसबाट हाइपरक्यालेमिया, स्नायु वा मुटुसम्बन्धी समस्या आउन सक्छ।
गोलभेँडा
अचार र सलादका रूपमा गोलभेँडा धेरै प्रयोग हुन्छ। यसले तरकारीमा रंग र स्वाद दुवै बढाउँछ। गोलभेँडामा भिटामिन, मिनरल्स, पोटोसियम, म्याग्नेसियम, भिटामिन सी र के पाइन्छ। तर, यो अधिक मात्रामा सेवन गरियो भने प्याङ्क्रियाजसँग जोडिएको समस्या आउन सक्छ।
नरिवल पानी
नरिवल पानी हामीकहाँ पनि खाने चलन छ। यो भिटामिन र न्यूट्रीयन्ट्सको राम्रो स्रोत हो। यो सन्तुलित वा कम मात्रामा सेवन गर्दा फाइदाजनक हुन्छ। तर, अधिक मात्रामा पिइयो भने यस सुगर, पोटासियम लेभल बढाउन सक्छ। साथै तौल पनि बढाउन सक्छ।
रातो मासु
रातो मासु भिटामिन ए, बी, कपर र आइरनको स्रोत हो। तर, योधेरै मात्रामा सेवन गर्दा न्यूरोलोजिकल परिवर्तन, हड्डी कमजोर हुने जस्ता समस्या हुनसक्छ। रातो मासु अत्यधिक खाँदा क्यान्सरको सम्भावना हुन्छ।
समुद्री माछा
यसमा फ्याटी एसिट, प्रोटिन र ओमेगा थ्री अधिक मात्रामा पाइन्छ। यसैले यो स्वास्थ्यका लागि फाइदाजनक छ। यसमा हुने मेथिल मर्करीले स्वास्थ्यलाई बेफाइदा गर्छ। त्यसैले यो धेरै खान हुँदैन।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा