चाँडाे चाँडाे भाेक लाग्छ?, यस्ता समस्या त छैनन्?

निश्चित समयमा भोक लाग्नु स्वभाविक प्रक्रिया हो। तर, कतिपयलाई खाना खानेबित्तिकै पनि भोक लाग्छ। यसले शरीरमा केही खराबी भइरहेको छ भन्ने संकेत गर्छ। चाँडैचाँडै भोक लाग्नुका कारण यी हुन सक्छन्–
शरीरमा पानी कम
पर्याप्त पानी नपिउँदा शरीरमा ‘डिहाइड्रेसन’ हुन्छ। भोक लागिरहन्छ। जाडोमा शरीरमा पानी कम हुँदा यो समस्या आउँछ। केही खाँदा समस्या समाधान हुन्छ भनेर हामी खाइरहन्छौँँ। यसले गर्दा तौल पनि कम हुन्छ। कमजोरी बढ्छ।
बिहान नास्ता नखानु
बिहानको नास्ताले ब्लड सुगरलाई स्थिर राख्छ। यसले गर्दा दिनभर भोक लाग्न दिँदैन। नास्तामा प्रोटिनयुक्त वस्तुह समावेश गर्दा बारम्बार भोक लाग्ने समस्याबाट छुटकारा पाइन्छ।
खाने वेला हतार
हतार गरेर खाने बानी छ भने यो बानी छाड्नुपर्छ। बिस्तारै बिस्तारै चपाएर खानुपर्छ। यसले गर्दा खाएको खाना पेटमा राम्ररी पच्छ र यसमा रहेका सबै पोषक तत्वले शरीरलाई उर्जा दिन्छ। त्यसो भएमा बारम्बार भोक लाग्ने समस्या रहँदैन।
प्रोटिन र फाइबरको कमी
खानामा ठीक परिमाणमा प्रोटिन र फाइबर भएन भने पनि हरेक समय भोक लागेको महशुस हुन्छ। प्रोटिन र फाइबरयुक्त खाना खाएपछि यो समस्या समाधान हुन्छ।
अपर्याप्त क्यालोरी
शरीरलाई सम्पूर्ण आहराको आवश्यकता हुन्छ । जति अन्य पौष्टिक तत्वको आवश्यकता हुन्छ, शरीरमा पर्याप्त मात्रामा क्यालोरी त्यति नै आवश्यक पर्छ। क्यालोरीरहित खानेकुरा खाँदा भोक लागिरहन्छ।
निद्रामा लापरवाही
सातदेखि आठ घण्टाको निद्राले स्वस्थ मात्र होइन ऊर्जावान् पनि बनाउँछ। निद्रा पुगेन भने शरीर थाक्छ र बारम्बार भोक लागिरहन्छ।
यीबाहेक कुनै रोगका कारण पनि बारम्बार भोक लाग्ने भइरहेको हुनसक्छ। मधुमेह जस्ता रोगको शुरुवाती चरणमा पनि भोक लागिरहने समस्या आउँछ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा