चिसाेमा स्वास्थ्य समस्याबाट पार पाउन अपनाउनुस् घरेलु यी उपाय

देशभर चिसो बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। यस्तै, पूर्व, पश्चिम र मध्य क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना पनि रहेको पनि महाशाखाले जनाएको छ।
चिसो मौसममा खासगरी नवजात शिशु, सुत्केरी, बालबालिका र बुढाबुढीलाई समस्या हुन्छ। उचित व्यवस्थापन गरिएन भने रुघाखोकी, ज्वरो र निमोनिया हुने खतरा हुन्छ। चिसोमा स्वास्थ्य रहन विशेष सावधानी अपनाउनुपर्छ। जस्तै– तातोपानी, सुप वा झोलयुक्त पदार्थ खानेकुरा खाने, न्यानो लुगा लगाउने र घरकोठालाई न्यानो राख्ने।
केही घरेलु उपाय छन्, जसले चिसोबाट उत्पन्न हुने समस्याहरूबाट सजिलै जोगाउँछ–
चिसो मौसममा कब्जियतको समस्याबाट मुक्ति पाउन प्रशस्त पानी पिउनुपर्छ। खानापछि जिराको धुलो खानाले पनि पाचन क्रिया ठिक रहन्छ ।
रुघा, खोकी, ज्वरो एकसाथ हुँदा पुदिनाको पातको चिया बनाएर नुन वा सख्खर मिलाएर पिउँदा फाइदा हुन्छ।
जाडोमा छातीमा कफ जमे समाधानका लागि बेसारपानी पिउनुस्। यसबाट कफ बाहिर निस्किन्छ र राहत मिल्छ ।
चिसोका कारण टाउको दुखेमा दूधमा जाइफल मिसाएर लेप लगाउँदा समस्या दूर हुन्छ।
जाडोमा फुटेको ओठमा कोकमको तेल लगाउँदा फाइदा पुग्छ। यसले ओठको त्वचा नरम र मुलायम पनि हुन्छ।
चिसो मौसममा कुरकुच्चा फुट्ने समस्यामा प्याजको पेस्ट लगाउँदा आराम हुन्छ।
चिसोले जीउ दुखेमा ३\४ पोटी लसुन तेलमा पकाएर चिसो भएपछि मालिस गर्दा सञ्चो हुन्छ।
चिसो मौसममा जोर्नीको दुखाइबाट छुटकारा पाउन धतुरोको पातमा तेल लगाएर तातो बनाउनुस् र दुखेको स्थानमा बाँध्नुस्। यसले राहत मिल्छ।
घरकोठा न्यानो राख्ने भन्दैमा झ्यालढोका बन्द गरेर हिटर ताप्ने र आगो बाल्ने गर्नु हुँदैन। कोठामा अक्सिजन आउजाउ गर्ने व्यवस्था हुनुपर्छ।
एजेन्सीकाे सहयाेगमा
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा