निराेगी र दीर्घायु रहने सूत्र

अव्यवस्थित खानपान र लापरवाह जीवनशैलीले हामी रोगी बनिरहेका छौँ। आयु छोट्याइरहेका छौँ। धूमपान–मद्यपान गर्ने, पर्याप्त व्यायाम नगर्ने र प्रशस्त फलफूल तथा सागसब्जीहरू नखाने नराम्रा बानी हुन्। यी बानीले हामीलाई उमेर नपुग्दै बुढ्यौलीतर्फ धकेलिरहेको छ। हाम्रो आयु घटाइरहेको छ। निरोगी र दीर्घायु रहने केही सूत्र–
धेरै नखाने
टन्न अघाउञ्जेल खाने हाम्रो बानी छ। तर थोरै खाना खानाले छिट्टै वृद्ध देखिने खतरा कम हुन्छ। मानिसको दीर्घ जीवनको बारेमा अध्ययन गर्ने लेखक डान बट्नरका अनुसार वृद्ध जापानीहरू आफू ८० प्रतिशत अघाएको महसुस भएपछि खाना खाँदैनन्।
व्यस्त रहने
नरोगी र दीर्घायु रहन सक्रिय रहनुपर्छ। केही न केही गरिरहनुपर्छ। नियमित कामका साथै घर, करेसाबारी बगैँचामा व्यस्त रहनाले शरीर फुर्तिलो हुन्छ। दीर्घ रोगले आक्रमण गर्न पाउँदैन।
नियमित व्यायाम
नियमित व्यायाम गर्नाले स्फूर्ति जगाउँछ। मुटु स्वस्थ हुन्छ। सधैँ जवान भएको महसुस गराउँछ। दिनमा ३० मिनेट मात्रै हिँड्ने बानीले पनि स्वस्थ रहन सकिन्छ। यसले मस्तिष्क र मेटाबोलिज्ममा पनि सकारात्मक प्रभाव पार्छ।
फलफूल र सागसब्जी खाने
पर्याप्त मात्रामा फलफूल र सागसब्जी खाने गर्नाले स्वास्थ्यमा समस्या निम्तिन सक्छ। फाइबर र भिटामिन प्रशस्त मात्रामा हुने फलफूल र सागसब्जीले मुटुरोगको जोखिम ७६ प्रतिशत भन्दा बढीले कम गर्छ। नियमित रूपमा प्रशस्त फलफूलको सेवनले छाला स्वस्थ एवं चम्किलो हुनुका साथै चाउरी पर्नबाट रोक्छ ।
धूमपान–मद्यपान नगर्ने
धूमपान र मद्यपान स्वास्थ्यका लागि पटक्कै राम्रा बानी हाेइनन्। धूमपान र मद्यपान त्यागेमा स्वस्थ रहने मात्रै नभई आयु पनि बढाउन सकिन्छ।
घामबाट बच्ने
चर्को घामबाट छालाको क्यान्सर मात्र होइन छाला चाउरी पर्ने, दाग लाग्ने र झोलिने समस्या पनि उत्पन्न हुन्छ। बाहिर हिँड्दा सनस्क्रिन क्रिम लगाउनु राम्रो हुन्छ। यस्तै छाताको प्रयोग गर्न सकिन्छ।
साथीहरू बनाउने
परिवार र साथीहरूसँग धेरै घुलमिल नहुने खालको मानिसलाई मुटुको रोग लाग्ने जोखिम धेरै हुने अध्ययनहरूले देखाएको छ। एक्लोपनाले डिप्रेसनको समस्या पनि उत्पन्न हुन सक्छ ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा