मानिसमा ‘क्यान्सरको जन्म’को सङ्केत खोज्न कृत्रिम क्यान्सर बनाउन खोज्दै वैज्ञानिकहरू

बीबीसीः ब्रिटेन र अमेरिकाका वैज्ञानिकहरू क्यान्सरको प्रारम्भिक अवस्थाको सङ्केत पत्ता लगाउने प्रयास गर्दैछन्।
क्यान्सर देखा पर्नुअघि नै पत्ता लगाउन र उपचार गर्न सजिलो होस् भनेर उनीहरू क्यान्सरका सङ्केतहरूको खोजी गर्ने काममा जुटेका हुन्।
क्यान्सर ूपहिलो दिनमाू कस्तो देखिन्छ त्यो जान्न सकियोस् भनेर उनीहरू प्रयोगशालामा क्यान्सरलाई जन्माउने अनुसन्धानात्मक योजनामा छन्।
क्यान्सर शीघ्र पहिचान गर्ने उद्देश्यसहित गठित अन्तर्राष्ट्रिय संस्था इन्टरन्याश्नल अलाईअन्स फोर क्यान्सर अर्ली डिटेक्शनले यो अनुसन्धानलाई आफ्नो प्राथमिकतामा राखेको छ।
उसका अनुसार प्रारम्भिक अवस्थामै क्यान्सर पत्ता लगाउन मिलेर काम गर्दा बिरामीलाई लाभ हुनेछ।
यूकेको परोपकारी संस्था क्यान्सर रिसर्चले केम्ब्रिज विश्वविद्यालय, म्यान्चेस्टर विद्यालय, यूनिभर्सिटी कलेज लन्डन तथा अमेरिकाका स्ट्यान्फर्ड र ओरगन विश्वविद्यालयसँग यो क्षेत्रमा विचार, प्रविधि र विज्ञता साटासाट गर्न एउटा समूह बनाएको छ।
काम हुँदै
उच्च खतरा भएका बिरामीको निरीक्षणका लागि रगत, सास र पिसाब आदिको परीक्षण विकास गर्ने उद्देश्यसहित वैज्ञानिकहरू मिलेर काम गरिरहेका छन्।
सुरुमै क्यान्सर पत्ता लगाउन इमेजिङ विधिमा सुधार गर्न र पत्ता लगाउन नसकिने क्यान्सरका सङ्केतहरू खोज्न पनि उनीहरू प्रयास गर्दैछन्।
तर उनीहरूले यो काम परालमा सियो खोजे जस्तै भएको स्वीकार्दै त्यसका लागि ३० वर्ष पनि लाग्न सक्ने बताएका छन्।
आधारभूत समस्या के हो भने हामी कहिल्यै मानिसमा क्यान्सर जन्मिएको देख्न सक्दैनौँ,क्यान्सर रिसर्च यूकेको अर्ली डिटेक्शन रिसर्चका प्रमुख डेभिड क्रज्बीले भने।
पत्ता लाग्दासम्म यो स्थापित भइसकेको हुन्छ।
क्यान्सर गराउन सक्ने अतिसूक्ष्म परिवर्तन प्रारम्भमै देखिन्छ कि भनेर म्यान्चेस्टरका अनुसन्धानकर्ताहरू रोगप्रतिरोध प्रणालीका कृत्रिम कोष प्रयोग गरेर प्रयोगशालामा मानवस्तनका तन्तुहरू विकसित गर्दैछन्।
प्राध्यापक रोब ब्रिस्टोले त्यो बिरामीको शरीरबाहिर जीवित तन्तुको भण्डारू जस्तै भएको बताएका छन्।
तर प्रारम्भिक चरणमा देखिएका सबै कोष क्यान्सरमा परिणत नहुने भएकोले रोग बढी खुट्याइनेू खतरा सधैँ रहनेछ।
अनुसन्धानकर्ताहरू त्यस्तो काम एकदम मिलेको हुनुपर्ने बताउँछन्। फरक किसिमका क्यान्सरमा व्यक्तिपिच्छे हुने क्यान्सरको जोखिम पत्ता लगाउन मानिस जन्मिँदै प्राप्त हुने जीन तथा हुर्किने पर्यावरण पनि हेर्नुपर्ने उनीहरूको भनाइ छ।
त्यसो गरे मात्र कुन बेला हस्तक्षेप गर्ने भन्ने थाहा हुन सक्छ।
बीबीसीबाटः
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights