सिंगापुरमा चिनीजन्य पेयपदार्थको विज्ञापनमा रोक

सिंगापुरले चिनीजन्य पेयपदार्थको विज्ञापनमा रोक लगाउने भएको छ । बढ्दै गइरहेको मधुमेह विरुद्ध कदम चाल्नको लागि धेरै चिनिजन्य पदार्थ भएका पेयपदार्थको विज्ञापनमा रोक लगाउन लागेको हो।
सिंगापुरको स्वास्थ्य मन्त्रालयका अनुसार बढी चिनी भएका अस्वस्थकर पेयपदार्थको विज्ञापन छापा, टेलिभिजन तथा अनलाइनमा प्रसारण हुन रोक लगाइने छ । मन्त्रालयले यो निर्णय सबैसँग सरसल्लाह गरेर ल्याएको जनाएको छ ।
यो नियम लागू भए लगत्तै अबदेखि हल्का पेयपदार्थ, जुस, कफी आदिको विज्ञापन समेत गर्न पाइने छैन। मन्त्रालयले केही महिनामा उपभोक्ता र उद्योगको पनि राय लिने बताएको छ। मन्त्रालयले घोषणा गरेअनुसार पेयपदार्थ कम्पनीहरुले कलर कोड, पेयपदार्थमा चिनी र पोषणको मात्रा कति छ भनेर उल्लेख गर्नुपर्ने छ।
चिनीजन्य पेयपदार्थको अधिक सेवनले मोटोपन,मधुमेह र मुटुरोगको जोखिम बढाउने भएकाले यो नियम ल्याउन बाध्य भएको बताइएको छ । यतिखेर मधुमेह र मोटोपन विश्वकै टाउको दुखाई बन्दै गएको छ ।
स्रोत: सिएनएनबाट
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights