बिरामीलाई गलत औषधि दिएका नर्सलाई आजीवन कैदको सजाय

जर्मनी : उत्तरी जर्मनीका दुईवटा अस्पतालहरूमा ८५ जना विरामीहरूको हत्या गरेको अभियोगमा दोषी ठहर भएका एकजना पूर्व पुरुष नर्सलाई आजीवन कैदको सजाय सुनाइएको छ।
न्यायाधीश सेब्यास्टियन ब्युर्मेनले ती अभियुक्त नील्स हुगलको कार्यलाई सामान्य बुझाइ भन्दा बाहिर रहेकोु बताएका छन्।
यसअघिनै दुईजनाको हत्या गरेको अपराधमा सजाय काटिरहेका हुगलले सन् १९९९ देखि २००५ सम्म उनको संरक्षकत्वमा रहेका मानिसहरूलाई मुटु रोग सम्बन्धी औषधीको घातक मात्रा दिएका थिए।
उनलाई जर्मनीको आधुनिक इतिहासमै सबैभन्दा धेरै हत्या गर्ने व्यक्तिको रूपमा लिइएको छ। अभियोजनकर्ताहरूले भनेका छन् उनले सहकर्मीहरू माझ आफ्नो प्रभाव जमाइ राख्न विरामीहरुलाई औषधीको घातक मात्रा दिन्थे र त्यसपछि उनीहरुलाई बचाउने कोसिस गर्दथे।
बयानको अन्तिम दिनमा ४२ वर्षिय हुगलले उनले मारेका विरामीहरुका परिवासंग आफूले गरेको भयानक कामका लागि माफी मागेका छन्। मैले विगतमा तपाईहरूप्रति गरेको सबै कामका लागि माफी माग्छु, उनले भने।
ब्युटी पार्लरमा छालारोगको उपचार, स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै छालारोग विज्ञहरुको आपत्ति
नेपाल क्यान्सर अस्पतालले मनायो आठौं वार्षिकोत्सव
डेंगुबाट बच्न अपनाउनुस् यी उपाय
सुर्तीजन्य पदार्थ छोड्न चाहनुहुन्छ ? ११३२ मा कल गर्नुस्
Editor Acharya wins dual awards for media advocacy in public health and gender rights