मेरो पेशा नै मेरो पहिचान
डा. बिजेशराज घिमिरे , क्यान्सर राेग विशेषज्ञ
डा.बिजेशराज घिमिरे ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरमा मेडिकल डाइरेक्टर छन्। उनको अधिकांश समय बिरामी हेर्नमा बित्छ। त्योभन्दा बाहेक डा. घिमिरेलाई के गर्न मन पर्छ? उनका रुचि कस्ता छन्? उनी जीवनलाई कसरी लिन्छन्? आउनुस्, बुझौँ।
मेरो जीवनः जीवन एक भोगाइ हो, जुन हामी जन्मेदेखि अहिलेसम्म भोगिरहेका छौँ। र अन्तिम सास लिने बेलासम्म भोगिरहन्छौँ।
मेरो परिवार: मेरो हकमा परिवार सबै थोक हो। परिवार नभए आज म यो अवस्थामा हुने थिइनँ। त्यसैले जीवन जिउने आधार सबैभन्दा महत्वपूर्ण आधार, परिवार।
मेरो पेशाः मेरो पहिचान
मेरो योजनाः क्यान्सरको क्षेत्रमा धेरै नै गर्न बाँकी छ। यो क्षेत्रमा केही गर्ने र सफल बन्ने योजना छ।
मेरो प्रेमः मेरो विचारमा प्रेम सबैका लागि नभई नहुने कुरा हो। प्रेमले सबैलाई जित्न सकिन्छ ।
कर्म: कर्म नै धर्म हो । यो विना जीवन सफल बन्न सक्दैन।
अविस्मरणीय क्षणः थुप्रै अविस्मरणीय क्षण छन्। भर्खरैको कुरा, एक जना क्यान्सर बिरामीले उपचारपछि फेसबुकबाट फोटो झिकेर त्यसलाई आर्ट गरेर मलाई उपहार दिन ल्याउनु भएको कहिल्यै बिर्सिन्नँ।
सबल पक्षः म जुन काम गर्छु, अठोटका साथ गर्छु। र शुरु गरेको काम पूरा गर्नपर्छ भनेर लागिरहन्छु। त्यसलाई अन्तिम रूप दिन।
कमजोरीः झनक्क रिसाउनु नै मेरो कमजोरी हो जस्तो लाग्छ। तर त्यो रिस केही छिनका लागि हुन्छ। पछि किन रिसाएँ हुँला जस्तो लाग्छ।
रुचिः विभिन्न नयाँ स्थान घुम्ने, जनावरसँग खेल्ने, हँसाउने।
फुर्सदमाः फिल्म हेर्छु, घुम्न जान्छु।




यसकारण खाने गरौं बहुगुणकारी कुरिलो
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
औषधिको सही प्रयोग किन आवश्यक छ ?
वर्षौदेखि नियन्त्रणका सेवा विस्तार हुँदाहुँदै पनि किन अन्त्य हुन सकेन क्षयरोग ?