यसकारण फाइदाजनक एलाेभेरा
घिउकुमारी अर्थात् एलोभेराका करिब दुई सय ५० प्रजाति हुन्छन्। घिउकुमारीमा औषधीय गुण हुन्छ।
घिउकुमारी अर्थात् एलोभेरामा ७५ प्रतिशत पानी, ७० प्रतिशत मिनरल, इन्जाइम्स, प्रोटिन, एमिनो एसिड र भिटामिनजस्ता मानवस्वास्थ्यलाई चाहिने आवश्यक तत्त्व पाइन्छन्। यसको जुसको सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा पुर्याउँछ।
नियमित एलोभेराको जुस पिउँदा शरीरमा ऊर्जा बढ्नुका साथै रोगप्रतिरोधात्मक क्षमता बलियो बन्छ।
एलोभेरामा पाइन्ने एन्टिफ्लेमेन्टरी नामक तत्वले शरीरमा भएका विषाक्त वस्तुलाई बाहिर निकाल्न मद्दत गर्छ।
दैनिक ५० ग्राम एलोभेराको जुस पिए क्यान्सररोगीई फाइदा गर्छ।
यसको सेवनले कब्जियत र मधुमेहजस्ता रोग नियन्त्रण गर्न मद्दत गर्छ।
एलोभेरा जुसको सेवनले छालामा निखार आउँछ । छालालाई मुलायम र चमकदार बनाउँछ ।
छालामा आउने दाद, दाग र धब्बाका लागिसमेत यो लाभदायी हुन्छ।
एलोभेरा जुस खाएमा तौल घट्छ। साथै, बारम्बार भोक लाग्ने समस्याबाट समेत छुटकारा मिन्छ।
साथै, एलोभेरालाई मुखको सफाइका लागि पनि प्रयोग गर्न सकिन्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण