Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

यसकारण फाइदाजनक एलाेभेरा

यसकारण फाइदाजनक एलाेभेरा

घिउकुमारी अर्थात् एलोभेराका करिब दुई सय ५० प्रजाति हुन्छन्। घिउकुमारीमा औषधीय गुण हुन्छ।

घिउकुमारी अर्थात् एलोभेरामा ७५ प्रतिशत पानी, ७० प्रतिशत मिनरल, इन्जाइम्स, प्रोटिन, एमिनो एसिड र भिटामिनजस्ता मानवस्वास्थ्यलाई चाहिने आवश्यक तत्त्व पाइन्छन्। यसको जुसको सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा पुर्याउँछ।

नियमित एलोभेराको जुस पिउँदा शरीरमा ऊर्जा बढ्नुका साथै रोगप्रतिरोधात्मक क्षमता बलियो बन्छ।

एलोभेरामा पाइन्ने एन्टिफ्लेमेन्टरी नामक तत्वले शरीरमा भएका विषाक्त वस्तुलाई बाहिर निकाल्न मद्दत गर्छ।

दैनिक ५० ग्राम एलोभेराको जुस पिए क्यान्सररोगीई फाइदा गर्छ।

यसको सेवनले कब्जियत र मधुमेहजस्ता रोग नियन्त्रण गर्न मद्दत गर्छ।

एलोभेरा जुसको सेवनले छालामा निखार आउँछ । छालालाई मुलायम र चमकदार बनाउँछ ।

छालामा आउने दाद, दाग र धब्बाका लागिसमेत यो लाभदायी हुन्छ।

एलोभेरा जुस खाएमा तौल घट्छ। साथै, बारम्बार भोक लाग्ने समस्याबाट समेत छुटकारा मिन्छ।

साथै, एलोभेरालाई मुखको सफाइका लागि पनि प्रयोग  गर्न सकिन्छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।