Health TV Online

कोरोना भाइरसको असर : हङकङमा ट्वाइलेट पेपर लुटियाे

कोरोना भाइरसको असर : हङकङमा ट्वाइलेट पेपर लुटियाे

हङकङमा एउटा हतियारधारी समूहले १३० अमेरिकी डलर बराबरको ट्वाइलेट पेपर लुटेर लगेको छ।

कोरोना भाइरसको सन्त्रास फैलिएको बेला मानिसहरूले ट्वाइलेट पेपर किनेर घरमा थुपारेकाले त्यहाँ अहिले त्यसको चरम अभाव छ।

मोङ्‌कक क्षेत्रको एकटा सुपरमार्केटअगाडि चक्कु बोकेका मानिहरूले एक कर्मचारीबाट ती ट्वाइलेट पेपर लुटेका हुन्। प्रहरीले दुई जनालाई समातेर लुटिएका केही ट्वाइलेट पेपर जफत गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

कसरी भयो घटना?

लुटेराहरूले वेलकम सुपर मार्केट बाहिर गाडीबाट ट्वाइलेट पेपर निकाल्दै गरेका कर्मचारीलाई चक्कु देखाएर तर्साएका थिए।

एउटा सञ्चारमाध्यमका अनुसार ६०० रोल ट्वाइलेट पेपर लुटिएको थियो। हङकङका पसलमा ट्वाइलेट पेपर पाउन गाह्रो हुन थालेको र पाइने पसलमा मानिसहरूको ताँती लाग्न थालेको बताइएको छ।

सरकारले आपूर्ति सहज भएको दाबी गरेको भए पनि मानिसहरूले अनावश्यक मात्रामा ट्वाइलेट पेपर थुपार्न छोडेका छैनन्। ‘चक्कु बोकेका तीन मानिसले एक कर्मचारीलाई तर्साएर १३० अमेरिकी डलर बराबरको ट्वाइलेट पेपर लुटेका छन्’, प्रहरीका एक प्रवक्ताले बताए।

त्यहाँ फेस मास्क र हात धुने सेनेटाइजरको पनि अभाव देखिएको छ।

थप समाचार

विदेशी अस्पतालका काेमामा छन् २२ नेपाली

विदेशी अस्पतालका काेमामा छन् २२ नेपाली

हेल्थ टिभी अनलाइन\काठमाडाैं :  वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका २२ नेपाली कोमामा छन्। वैदेशिक रोजगार बोर्डकाे तथ्यांकले यस्ताे देखाएकाे हाे। कामका वेला  दुर्घटनामा परेपछि विभिन्न समयमा उनीहरूलाई अस्पताल लगेर काेमामा राखिएकाे हाे।

विदेशस्थित विभिन्न कुटनीतिक नियोगमार्फत बोर्डले संकलन गरेको तथ्यांकअनुसार खाडीका विभिन्न ९ मुलुकका अस्पतालमा २२ नेपाली कोमामा छन्। गम्भीर बिरामी भएर कतारमा १३ नेपाली कोमामा छन्। साउदी अरबमा ७ र कुवेतमा २ नेपाली कोमामा छन्।

गत असारसम्म २४ जना कोमामा थिए। त्यसयता दुईजना नेपाल फर्काइएका छन्। गत असार र भदौमा गरी दुईजनालाई नेपाल फर्काइएको बोर्डका सूचना अधिकारी दिलबन्धु सुवेदी बताउँछन्। उनका अनुसार कोमामा पुगेका नेपालीहरु अधिकांश पुरुष छन्।  दुई जना मात्र महिला छन्।

सुवेदीका अनुसार विदेशस्थित अस्पतालको कोमामा रहेका नेपालीहरूलाई स्वदेश फर्काउन निकै कठिनाइ हुने गरेको छ। धेरैजसो अवैध रूपमा काम गरिरहेका हुन्छन्। कागजात नपुग्दा उनीहरूलाई नेपाल ल्याउन कठिनाइ हुने गरेको छ।  नेपाल ल्याए परिवारकाे आर्थिक अवस्थाका कारण पनि उनीहरूलाई फर्काउन गाह्रो हुने बताइन्छ।

प्रतीकात्मक तस्विर

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सुधारिँदै डडेल्धुरा अस्पतालको सेवा

सुधारिँदै डडेल्धुरा अस्पतालको सेवा

हेल्थ टिभी अनलाइन\डडेल्धुरा : डडेल्धुरा अस्पतालमा बन्द रहेका सेवा विशेषज्ञ चिकित्सक आउन थालेपछि पुनः सञ्चालनमा आउन थालेका छन्। समायोजनसँगै चिकित्सकविहीन बनेको अस्पतालमा विशेषज्ञ आएसँगै सेवा पुनः सञ्चालनमा आएका हुन्।

सुदूरपश्चिम प्रदेशमै संघीय सरकारको मातहत रहेको एक मात्र अस्पतालमा चिकित्सकको अभावका कारण सेवा प्रभावित भएका वेला नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले छात्रवृतितर्फका चार विशेषज्ञ चिकित्सक पठाएको हो।

अहिले अस्पतालमा नौजना विशेषज्ञ चिकित्सक रहेका छन्। तीमध्ये दुई स्त्रीरोग विशेषज्ञ, एक हाड जोर्नी, एक जनरल फिजिसियन, एक दन्तरोग विशेषज्ञ, एक एनेस्थेसिया, दुई बालरोग र एकजना एमडीजीपी छन्। विशेषज्ञ चिकित्सक आएसँगै हाडजोर्नी, बालरोग, महिला तथा प्रसूति रोग, इन्डोस्कोपीसहित जनरल शल्यक्रिया सेवा सञ्चालन भइसकेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. जगदीशचन्द्र विष्टले बताए।

मन्त्रिपरिषद्ले गत २०७५ फागुन ३ को निर्णयअनुसार डडेल्धुरास्थित उपक्षेत्रीय अस्ताललाई विशेषज्ञसहितको सुविधा प्रदान गर्ने गरी स्तरोन्नति गर्ने निर्णय गरेको थियो।रिएको थियो। हाल डडेल्धुरा अस्पतालमा २० विशेषज्ञ चिकित्सक, १९ मेडिकल अफिसर, ३० स्टाफ नर्स गरी १०९ जनाको दरबन्दी छ। डडेल्धुरा अस्पतालले लामो समयदेखि दरबन्दी अनुसारकाे चिकित्सक पाएको छैन। अस्पतालमा ११औं तहको मेडिकल सुपरिटेन्डेन्टसमेत छैनन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

खरिपाटीमा स्थानीयवासीका लागि छुट्टै हेल्थ डेस्क

खरिपाटीमा स्थानीयवासीका लागि छुट्टै हेल्थ डेस्क

हेल्थ टिभी अनलाइन\ भक्तपुर : चीनको वुहानबाट उद्धार गरिएका नेपालीलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखेपछि स्थानीयवासीका लागि छुट्टै हेल्थ डेस्क स्थापना गरिएको छ।

स्थानीय बासिन्दामा निकै त्रास बढेको भन्दै चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले स्थानीय बासिन्दाका लागि निःशुल्क हेल्थ डेक्स राखिएको जानकारी दिए। आइतवारदेखि चिकित्सकसहितको हेल्थ डेक्स राखिएको र स्थानीयवासीको निःशुल्क स्वास्थ्य परीक्षणदेखि निःशुल्क उपचारसमेत गर्नेगरी व्यवस्थापन गर्न लगाइएको बताए।

चाँगुनारायण–७ घुमाउनेस्थित सामुदायिक भवनमा भक्तपुर अस्पतालका एक चिकित्सक र एक नर्ससहितको टोलीले आजदेखि हेल्थ डेक्स स्थापना गरेको हो। हेल्थ डेक्समा अस्पतालका डा. मञ्जु बज्राचार्य र नर्स मैया नायबाको टोलीले स्थानीयवासीको निःशुल्क स्वास्थ्य परीक्षण एवं औषधि वितरण गरिरहेको छ।

डा. बज्राचार्यले आइतवार १० बजेदेखि निःशुल्क हेल्थ क्याम्प सञ्चालन गरेको जानकारी दिँदै हेल्थ डेक्समा आउने स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण एवं निःशुल्क औषधि वितरणका लागि आवश्यक औषधिसमेत ल्याएको जानकारी दिइन्।  कम्तीमा १४ दिनसम्म नियमित रूपा याे  स्थानमा बिहान १० देखि अपराह्न ३ बजेसम्म हेल्थ क्याम्प सञ्चलन हुनेछ।

नगरप्रमुख मिश्रले स्थानीय बासिन्दा त्रासमा रहेको र कतिपयले बस्ती नै छाड्न थालेको बताउँदै स्थानीयवासीको सुरक्षा र उपचारको सम्पूर्ण जिम्मेवारी केन्द्र सरकारले लिनुपर्ने बताए। स्थानीयवासी अझै पनि डराइरहेकाले ज्वरो तथा रुघा आएमा अत्तालिन सक्ने भन्दै हेल्थ डेस्क आवश्यक रहेको उनको भनाइ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

स्वास्थ्यकर्मीले तलब नपाएपछि सामुदायिक स्वास्थ्य एकाइ बन्द

स्वास्थ्यकर्मीले तलब नपाएपछि सामुदायिक स्वास्थ्य एकाइ बन्द

हेल्थ टिभी अनलाइन\हुम्ला : सिमकोट गाउँपालिकास्थित कुम्लिङ सामुदायिक स्वास्थ्य एकाइ छ महिनादेखि बन्द छ।

एकाइमा एक\एक जना अहेब, अनमी र कार्यालय सहयोगी गरी तीनजनाको दरबन्दी छ। एकाइमा कार्यरत स्वास्थ्यकर्मीले गत भदौदेखि तलब खान नपाएपछि स्वास्थ्य एकाइ बन्द भएको प्रमुख धनजीत भण्डारीले जानकारी दिए। उनका अनुसार सिमकोट गाउँपालिकाले तलब खुवाउने गरेको थियो।

सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामा र प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले स्वास्थ्य सेवा विभागबाट रकम नआएकाले गाउँपालिकाले तलब खुवाउन सक्ने अवस्था नरहेको जानकारी दिए।

गाउँमा रुघाखोकीका बिरामीको संख्या बढिरहेको छ। स्वास्थ्यकर्मी नहुँदा समस्यामा परेका छन्। एकाइमा दैनिक १०\१२ सम्म बिरामी उपचार गराउन आउँथे। स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही निराश भएर घर फर्किनुपरेको खार्पुनाथ गाउँपालिका–५ ताक्ला गाउँका गोरख भण्डारीले बताए।  स्वास्थ्य एकाइमा जाँदा ताला लगाएको देख्दा रित्तो हात लिएर घर फर्किनुपरेको बिरामी जोरसिंह बोहराको गुनासो छ।

साविक ताक्ला, बाम्टा, ठेहे, बैजिबाडा, दोजामलगायत बासिन्दाले देउसीभैलो खेलेर जम्मा गरेको रकमले जग्गा खरिद गरी भवन बनाइएकाे थियाे। कुम्लिक ज्युला ताक्ला, बाम्टा, बैजिबाडा, दोजाम, कुम्लिक, ठेहे गाउँका करिव ९०० स्थानीयको पाएक पर्ने ठाउँमा २०७२ सालमा खाेलिएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भरतपुर महानगरपालिकाले लगायो यी क्षेत्रमा सुर्तीजन्य पदार्थ प्रयोग र बिक्रीमा रोक

भरतपुर महानगरपालिकाले लगायो यी क्षेत्रमा सुर्तीजन्य पदार्थ प्रयोग र बिक्रीमा रोक

काठमाडौं : चितवनको भरतपुर महानगरपालिकाले सार्वजनिक स्थलहरूमा धूमपान र सुर्तीजन्य पदार्थ सेवन नगर्न सचेत गराएकाे छ।

सूचना निकालेर महानगरपालिकाले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐनको दफा अनुसार सार्वजिनक स्थलमा सुर्तीजन्य पदार्थ सेवनमा राेक लगाएकाे हाे। यस्तै शिक्षण तथा स्वास्थ्य संस्थाको कम्तीमा १०० मिटर वरपर सुर्तीजन्य पदार्थ बिक्री नगर्न पनि सचेत गराइएको छ।

विद्यालय, स्वास्थ्य संस्था, बालकल्याण गृह, शिशुस्यहार केन्द्र, वृद्धाश्रम अनाथालयलगायत क्षेत्र र नेपाल सरकारले राजपत्रमा प्रकाशन गरी तोकको सार्वजनिक स्थलबाट १०० मिटर वरपर सुर्तीजन्य पदार्थ बिक्री वितरण नगर्न नगरवासीलाई सचेत गराएको हो।

उसले १८ वर्ष नपुगेका व्यक्ति र गर्भवतीलाई यस्ता वस्तु बिक्री वितरण नगर्न पनि भनेको छ। ‘महानगरभित्र यस्ता कुनै क्रियाकलाप गरेको कहीँ कतै पाइएमा यस विषयमा अनुगमन गर्न खटिएको टोलीले तत्काल कानुनबमोजिम सजाय गर्ने व्यहोरा जानकारी गराइन्छ’, सूचनामा भनिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

जापानमा पानीजहाजबाट उद्धार गरिएका ४० अमेरिकीलाई कोरोना

जापानमा पानीजहाजबाट उद्धार गरिएका ४० अमेरिकीलाई कोरोना

जापानमा क्वारेन्टाइनमा राखिएको डाइमन्ड प्रिन्सेस क्रुज पानीजहाजबाट उद्धार गरिएका ४० अमेरिकीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

उनीहरू जापानमा उद्धार गरिएका ४०० अमेरिकी नागरिकमध्येका हुन्। उद्धार गरिएकामध्ये अधिकांश व्यक्ति दुईवटा अमेरिकी हवाइजहाजमार्फत्‌ स्वदेश फर्किरहेका छन्। तर संक्रमितहरूलाई चाहिँ उपचारका लागि जापानकै अस्पतालहरूमा भर्ना गरिनेछ।

असुरक्षित

झण्डै ३,७०० यात्री तथा चालक दलका सदस्यसहित डाइमण्ड प्रिन्सेस क्रुज पानीजहाजलाई फेब्रुअरी ३ तारिखदेखि जापानको योकोहामा बन्दरगाहमा क्वारन्टाइनमा राखिएको छ।

उक्त पानीजहाजबाट हङकङमा ओर्लेका एक व्यक्ति नयाँ कोरोना भाइरसबाट संक्रमित भएको पाइएपछि पानीजहाजलाई क्वारेन्टाइनमा राखिएको हो। चीनबाहिर नयाँ कोरोना भाइरसबाट संक्रमित हुने यो सबैभन्दा ठूलो समूह हो।

जापानी अधिकारीहरूले आइतवार बताएअनुसार पानीजहाजमा नयाँ कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३५५ पुगेको छ। एक अमेरिकी यात्रीले क्वारेन्टाइनका प्रयासहरू विफल भएको बताउँदै आफूले पानीजहाजमा सुरक्षित महशुस नगरेको बताइन्।

संक्रमित ४० अमेरिकीको उपचार जापानमै गरिने संयुक्त राज्य अमेरिकाको नेसनल इन्स्टिट्यूट अफ एलर्जी एन्ड इन्फेक्सन डिजिजेजका निर्देशक डा.एन्थोनी फाउसीले सीबीएस टेलिभिजनलाई बताए। ‘यदि उडानमै रहेका बेला संक्रमणका लक्षण देखिए भने त्यस्ता व्यक्तिहरूलाई अलग राखिनेछ’, उनले थपे। उद्धार गरेर अमेरिका लगिने व्यक्तिहरूलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिनेछ।

‘त्यसो गर्नुको कारण क्रुज पानीजहाजमा उनीहरू बसेको भनेको संक्रमण फैलिने ठाउँमा भएसरह नै हो, फाउसीले भने। अन्य उडानमार्फत्‌ इजरेल, हङकङ र क्यानडाका नागरिकहरूको उद्धार गरिनेछ।

थप समाचार

चीनमा कोरोना भाइरस संक्रमण : हुबेमा हिँडडुल गर्न प्रतिबन्ध

चीनमा कोरोना भाइरस संक्रमण : हुबेमा हिँडडुल गर्न प्रतिबन्ध

नयाँ कोरोना भाइरस (कोभिड–१९) को संंक्रमणसँग संघर्ष गरिरहेको चीनले उक्त प्रकोपको केन्द्रबिन्दु हुबे प्रान्तमा मानिसहरूको गतिविधिमा थप कडाइ गरेको छ।

आपत् परेको वेलाबाहेक घरबाहिर ननिस्कन छ करोड मानिसलाई भनिएको छ भने निजी कारको प्रयोगमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाइएको छ।

हुबे प्रान्त र त्यसको राजधानी वुहान नयाँ कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित भएका छन्। त्यहाँ आइतवारसम्म १,६५० जनाभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ। तर चीनले आइतवार अर्थात्‌ लगातार तेस्रो दिन कोरोना भाइरसको संक्रमण घटेको घोषणा गर्दै संक्रमण फैलिनबाट रोकिरहेको बताएको थियो।

नयाँ कोरोनाभाइरसको संंक्रमणबाट हुने रोगलाई कोभिड–१९ नाम दिइएको छ। यो संक्रमणमा बिरामीलाई श्वासप्रश्वाससम्बन्धी समस्या हुन्छ। अर्कै घटनाक्रममा एउटा जापानी बन्दरगाहमा क्वारन्टाइनमा राखिएको डाइमन्ड प्रिन्सेस क्रुज पानीजहाजबाट झन्डै ४०० अमेरिकी नागरिकलाई स्वदेश लगिँदैछ।

उनीहरूमध्ये ४० जनामा नयाँ भाइरस संक्रमण भएको अमेरिकाको न्याश्नल इन्स्टिट्यूट अफ एलर्जी एन्ड इन्फेक्सन डिजिजेजले जनाएको छ।

हुबेमा नयाँ के गरिँदैछ?

त्यहाँका मानिसहरूलाई घरभित्रै रहन भनिए पनि उनीहरू आपत्कालीन अवस्थामा चाहिँ बाहिर निस्किन पाउनेछन्। त्यसका साथै खाद्यान्न तथा अन्य सामान खरिद गर्न दिनका निम्ति प्रत्येक घरबाट एक जनालाई तीनतीन दिनमा बाहिर निस्किन अनुमति दिइनेछ।

हाउजिङहरूको एउटा प्रवेशद्वार खुला राखिनेछ। त्यहाँ बस्ने मानिसहरूले मात्रै आउजाउ गर्ने कुरा सुनिश्चित गर्नका लागि सुरक्षा निगरानी गरिनेछ। औषधि पसल, होटल, खानेकुरा बिक्री हुने पसल र चिकित्सकीय सेवाबाहेक अरू सबै कारोबार बन्द रहनेछन्।

अत्यावश्यकीय सामान ओसारपसारमा प्रयोग हुने कारलाई चाहिँ गुड्न छुट दिइनेछ।
यसैबीच अधिकारीहरूले राजधानी बेइजिङ फर्किने सबै मानिसलाई १४ दिनसम्म क्वारन्टाइनमा बस्न अथवा दण्ड भोग्न चेतावनी दिएका छन्।

भाइरस संक्रमण फैलिन नदिने प्रयासस्वरूप चीनको केन्द्रीय बैंकले बजारमा नोटहरू पठाउनुअघि भाइरसमुक्त बनाउन निर्मलीकरण गर्नेछ। प्रयोग भइसकेका नोट भण्डारण गर्नेछ।

बीबीसी नेपालीबाट

थप समाचार

प्रदूषणबाट बच्नुस्, फोक्सो जोगाउनुस्

प्रदूषणबाट बच्नुस्, फोक्सो जोगाउनुस्

विशेषगरी राजधानी काठमाडौंमा वर्षौँदेखि विकास निर्माणका काम अलपत्र छन्। शहरका ठूलादेखि भित्री बाटोहरू बिग्रेका छन्। एकपटक गाडी गुड्दा मात्रै पनि धुवाँको कुहिरीमण्डल हुन्छ। प्रत्येक वर्ष हजारौँको संख्यामा गाडी थपिँदा शहरका साँघुरा बन्दैछन्। बाटो बन्न वर्षौँ लाग्ने कारण उत्पन्न हुने धुलोको समस्या त छँदैछ,पुराना गाडीहरूले फ्याँक्ने धुवाँ पनि व्यहोर्नुपर्ने अवस्था छ।

सडकको धुलोधुवाँ र कलकारखानाले फ्याँक्ने धुवाँका कारण शहरको वातावरण प्रदूषित भइरहेको छ। त्यसमाथि सडकका छेउछाउ रहेका सबै रुख पनि काटिएको छ। न रुखबिरुवा लगाउन पहल गरिन्छ न त लगाउने ठाउँ नै छ। यस्तो धेरै प्रदूषण फैलिने ठाउँको सडकको मध्यभाग तथा फुटपाथमा लगाइएका स–साना रुखले के धान्थे। यसको प्रत्यक्ष मारमा परेका छौँ, शहरमा बसोबास गर्ने तपाईँ–हामी।

धुलोधुवाँ प्रदूषणबाट प्रत्यक्ष असर पर्ने भनेको श्वासप्रश्वास प्रणालीमा हो। प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी विभिन्न समस्या उत्पन्न हुन्छन्। शहरमा उत्पन्न हुने प्रदूषणको कुरा त छँदैछ, गाउँघरतिर दाउरामा खाना पकाउँदा उत्पन्न हुने धुवाँले पनि समस्या निम्त्याउँछ। धूमपान गर्नु र गर्नेको नजिक बस्नु पनि झन् धेरै घातक हो श्वासप्रश्वास प्रणलीका लागि।

क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) फोक्सो सम्बन्धी रोग हो। यो समस्या विशेषगरी ‘स्मोकरहरू’मा देखिन्छ। यस्तै धुवाँधुलोमा रहेर काम गर्ने मजदुर, ट्राफिक प्रहरी र दाउरामा खाना पकाउनेहरूमा यो समस्या आउँछ। प्रदूषणका कारण श्वास फेर्ने नलीमा धुवाँधुलोका कण जम्छ। फलस्वरूप श्वासनली साँघुरो भएर श्वास फेर्न कठिनाइ हुन्छ।

धुलोधुवाँको प्रदूषणले सबैलाई असर गर्छ। त्यसमा पनि विशेषगरी बालबालिका र वृद्धवृद्धालाई अझ धेरै। इम्युनिटी पावर भएकाहरूमा यी समस्या तत्काल नदेखिए पनि दीर्घकालीन असर पर्न सक्छ। प्रदूषणका कारण क्यान्सरसम्म हुने सम्भावना हुन्छ। धूमपान गर्नेहरू त फोक्सोको क्यान्सरको जोखिममा रहन्छन्।

बच्ने उपाय

फोक्सो मानवशरीरको संवेदनशील अंगमध्ये एक हो। प्रदूषणले श्वासप्रश्वास नली र फोक्सोमाअसर पुर्याउने भएकाले यसबाट जोगिन आफैँ सचेत रहनुपर्छ।

धुवाँधुलोको प्रदूषणबाट बच्न सडक निर्माणको कामलाई तिव्रता दिनुपर्छ। लामो समय चलेका र अत्यधिक धुवाँ फ्याँक्ने सवारीसाधन विस्थापन गर्नुपर्छ। सडक वा भवन निर्माणको काम विशेषगरी राति मात्र गर्ने व्यवस्था गर्नुपर्छ। सवैसाधारणले पनि शहरमा हिँड्दा धुलोधुवाँबाट बच्न गुणस्तरीय मास्क लगाउनुपर्छ।

धूमपान नगर्ने मात्र होइन, गरेको ठाउँमा नै नबस्ने बानी गर्नुपर्छ। दाउरा वा गुइँठाबाट खाना पकाउनेहरूले घरभित्र धुवाँ नगुम्सिनेगरी बाहिर जाने व्यवस्था मिलाउनुपर्छ।

हेर्नुहाेस् भिडियाे :

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई पाँच हजार ५५५

बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई पाँच हजार ५५५

काभ्रे : पनौती नगरपालिका वडा नं. ७ स्थित पनाैती स्वास्थ्यचाैकीमा रहेकाे बर्थिङ सेन्टरमा पहिलोपटक प्रसूति गराउने एक महिलालाई पाँच हजार ५५५ रुपैयाँ प्रदान गरिएको छ।

केही महिनाअघि मात्र सञ्चालनमा आएको बर्थिङ सेन्टरमा पहिलोपटक सुत्केरी हुने खानिखोला गाउँपालिकाकी सुस्मिता रुम्बालाई वडासदस्य रकम प्रदान गरेका हुन्। बर्थिङ सेन्टर उद्घाटनको समयमा गरेको प्रतिबद्धतास्वरूप आफूले सुत्केरीलाई रकम प्रदान गरेको उनले बताए।

प्रत्येक गर्भवतीले नियमित स्वास्थ्य संस्थामा परीक्षण गराउन् र अस्पतालमै सुत्केरी हुन् भन्ने प्रेरणा दिन आफूले रकम दिएको उनको भनाइ छ। गत बुधबार बर्थिङ सेन्टरमा नगरप्रमुख भीम न्यौपाने नगरपालिकाका स्वास्थ्य प्रमुख पुरुषोतम तिमल्सिनाको उपस्थितिमा उनले रुम्बालाई रकम प्रदान गरेका हुन्।

सोही अवसरमा रुम्बालाई नियमित गर्भ परीक्षण गरे बापत नेपाल सरकारबाट २८ सय रुपैयाँ र पनौती नगरपालिकाको तर्फबाट यातायात खर्च एक हजार रुपैयाँ प्रमुख न्यौपानेले प्रदान गरे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

‘क्वारेन्टाइन’मा राखिएकाहरूको कोरोना परीक्षण २४ घण्टाभित्रै

‘क्वारेन्टाइन’मा राखिएकाहरूको कोरोना परीक्षण २४ घण्टाभित्रै

काठमाडौं : चीनबाट उद्धार गरेर भक्तपुरस्थित क्वारेन्टाइनमा राखिएकाहरूको कोरोना परीक्षण २४ घण्टाभित्रै गरिने भएको छ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले उनीहरुको थ्रोट स्वाब अर्थात् घाँटीको र्याल परीक्षण गर्ने भएको हो। उनीहरूलाई नेपाल ल्याउनासाथ परीक्षण गर्ने र जाने दिन पनि सोही परीक्षण गर्ने विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम नै परीक्षण गरिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालले बताए।

सरकारले चीनको वुहानमा रहेका १७५ जनालाई उद्धार गरी आइतबार बिहान नेपाल ल्याएको हो। नेपाल आउनका लागि १८५ जनाले फाराम भरेको भए पनि ६ जनालाई ज्वरो आएका कारण आउन पाएनन् भने ४ जना आफूखुशी आएनन्।

स्वास्थ्यमा कुनै खराबी नदेखिएपछि उनीहरूलाई विमानस्थलबाट सिधै खरिपाटी लगिएको थियो। ‘त्यसो त लक्षण नदेखिएसम्म कोरोना परीक्षण आवश्यक छैन’, दाहालले भने, ‘तर उनीहरू कोरोना अति प्रभावित स्थानबाट आएका र क्वारेन्टाइनमा रहेकाले पनि यो अनिवार्य परीक्षण गर्न लागिएको हो।’ १४ दिनपछि घर फर्काउने वेला यही परीक्षण गरेर क्रस चेक गरिने पनि उनले बताए।

क्वारेन्टाइनमा  हरेक दिन दुईपटक सम्म ज्वरो नापिने र केही समस्या देखिए टेकु, पाटनलगायत अस्पतालको आइसोलेसन वार्डमा सारिने पनि सहप्रवक्ता दाहालले जानकारी दिए।

क्वारेन्टाइनमा रहुञ्जेल उनीहरूले परिवार वा आफन्त कसैलाई पनि भेट्न पाउने छैनन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

विद्यालयमा सेनेटरी प्याड : अहिले त नि:शुल्क, पछि नि?

विद्यालयमा सेनेटरी प्याड : अहिले त नि:शुल्क, पछि नि?

सामुदायिक विद्यालयमा पढ्ने छात्राहरूलाई महिनावारीका बेला पढाइमा बाधा उत्पन्न नहोस् भनेर नि:शुल्क सेनेटरी प्याड वितरण गर्ने घोषणा गरेपनि यसको कार्यान्वयनमा प्रश्न उठेको छ।

चालू आर्थिक वर्ष २०७६\७७ सम्म मात्र लागु हुने भनेर कार्यविधिमा उल्लेख भएको तर हालैमात्र यसको सुरुवात हुनुले यसको गृहकार्य, उद्देश्य र कार्यान्वयनबारे प्रश्नहरू उब्जिएको सम्बन्धित पक्षले जनाएका छन्।

निःशुल्क सेनेटरी प्याड वितरण गर्दैमा महिनावारीका वेला उनीहरूले भोग्ने समस्या समाधान नहुने पनि जानकारहरू बताउँछन्। नेपालमै विभिन्न किसिमका सेनेटरी प्याड उत्पादन गरिरहेका नेपाली उद्यमीहरूले भने सरकारको यो कार्यक्रमका कारण नेपाली सेनेटरी प्याडले बजार पाउने केही आशा जगाएको बताएका छन्।

कतै पुग्यो कतै पुगेन

काभ्रे बनेपाको चैतन्य उच्च माध्यमिक विद्यालयकी प्रधानाध्यापक नगिना श्रेष्ठले सरकारले नि:शुल्क सेनेटरी प्याड वितरण गर्ने खबर केही महिनाअघि नै थाहा पाएकी हुन्।

राजधानी नजिकैको आफ्नो विद्यालयमा सरकारी प्याड चाँडै आउने उनको अपेक्षा थियो। तर अहिलेसम्म नआएको भन्दै उनी स्थानीय निकायमा सम्पर्क गर्ने सोच बनाइरहेकी छन्।

शिक्षा मन्त्रालयले देशका सबैजसो स्थानीय निकायमा सेनेटरी प्याडका लागि बजेट विनियोजन गरेको बताएको छ।

तर केहीले पाएको देखिन्छ भने धेरैले पाउन बाँकी नै देखिएको छ।

ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका जहाँबाट नि:शुल्क प्याड वितरणको औपचारिक कार्यक्रम थालियो त्यहीँ पनि प्याडको लागि बजेट आइनपुगेको नगरपालिकाले जनाएको छ।

त्यस्तै भक्तपुर नगरपालिकाले पनि सो शीर्षकमा बजेट पाइनसकेको बताएको छ। भक्तपुरको चाँगुनारायण नगरपालिकाले भने बजेट पाएर प्याड वितरणको काम शुरु गरिसकेको छ। तर प्राप्त बजेट अपर्याप्त भएको त्यहाँको शिक्षा शाखाकी कर्मचारी मिरा तिमल्सिना बताउँछिन्।

‘सरकारले कक्षा ६ देखिका छात्राहरूलाई नि शुल्क प्याड वितरण गर्न भनेको छ। तर कक्षा ४\५ कै विद्यार्थीमा पनि महिनावारी हुन्छ। उनीहरूका लागि सरकारले प्याड दिएको छैन भनेर नदिन पनि मिलेन। उनीहरूलाई पनि पुर्‍याउन पर्ने भएपछि सरकारले प्याडको लागि दिएको रकम पर्याप्त छैन।’

केन्द्रभन्दा अगाडि

आफूले जस्तै देशका कतिपय स्थानीय निकायले सरकारले कार्यक्रम घोषणा गर्नुपूर्व छात्रा र महिला शिक्षकका लागि सेनेटरी प्याड वितरण गरिरहेको ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठ बताउँछन्।

सेनेटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि २०७६ मा यो कार्यक्रम आर्थिक वर्ष ०७६\७७ सम्मका लागि सीमित गरिनुले कार्यक्रमको औचित्य खासै नरहने भन्दै उनी थप्छन्, ‘सरकारले ल्याउने कार्यक्रम पनि एक वर्षको हुन्छ। यो जुन स्थानीय निकायले लागु गर्छ उसलाई यो वर्ष पछि अप्ठेरो हुन्छ। किनभने यसपालि सरकारले दियो अर्कोपालि के गर्ने?

उनको अभिव्यक्तिसँग मिल्दोजुल्दो भनाइ बासु उच्च माध्यमिक विद्यालयकी प्राचार्य अम्बिका न्याइँच्याइँको पनि छ। उनले पनि विद्यालयका विद्यार्थी र महिला शिक्षकहरूका लागि सेनेटरी प्याड वितरण गरिरहेको बताइन्। सरकारको कार्यक्रमप्रति उनी खासै आकर्षित देखिइनन्।

पूर्वाधार आवश्यक

नेपालका करिब ८१ प्रतिशत सामुदायिक विद्यलायहरूमा मात्र शौचालयको सुविधा रहेको अध्ययनहरूले देखाएका छन्।

करिब ३१ प्रतिशत सामुदायिक विद्यालयहरूमा मात्र छात्राहरूका लागि छुट्टै शौचालय रहेको सरकारी आँकडा छ।

त्यसैले नि:शुल्क सेनेटरी प्याड वितरण कार्यक्रम प्रभावकारी बनाउन विद्यालय पूर्वाधारमा विशेष ध्यान दिनुपर्ने बताउँछिन् गैर सरकारी संस्था सिविनकी कार्यकारी निर्देशक सुम्निमा तुलाधर।

‘सरकारले प्याड दिने भनेको कुरा राम्रो हो विशेषगरी प्याड किन्नै नसक्ने वर्गको लागि। तर प्याड दिँदैमा समस्या समाधान हुन्न। किनकि कतिपय ठाउँका विद्यालयमा शौचालय नै छैन। भएकामा पानी पर्याप्त हुन्न। कति छात्राहरू महिनावारी भएका बेला पाँच छ घण्टा शौचालय नगई बस्ने सुनाउँछन्।’

प्याड राख्ने बिन‚ पानी‚ छात्राका लागि अलग्ग शौचालयको आवश्यकता औँल्याउँदै तुलाधर सरकारले प्याड वितरणसँगसँगै छात्राहरुलाई महिनावारीमा आइपर्ने अन्य समस्यासँग लड्ने उपायबारे जनचेतना जगाउन पर्ने बताउँछिन्।

नेपाली प्याड

नेपालमै उत्पादन भइरहेका कतिपय प्याडले बजार पाउन संघर्ष गरिरहेको नेपाली उद्यमीहरू बताउँछन्।

सरकारले देशका करीब ३५ हजार सामुदायिक विद्यालयका कक्षा ६ माथिका १३ लाख बढी छात्रालाई वितरण गर्न अहिले बजारमा उपलब्ध विभिन्न कम्पनीका सेनेटरी प्याड खरिद गरिरहेको उनीहरू बताउँछन्।

नेपाली छात्रालाई नेपालमै बनेको प्याड प्रयोग गर्न हौसला दिए नेपालमा सञ्चालनमा रहेका प्याड उद्योगहरूले सास फेर्ने अपसर पाउने भन्दै कुनै कमी कमजोरी भए पनि आफूहरू जवाफदेही हुने प्याड उत्पादनमा संलग्न व्यक्तिहरू बताउँछन्।

सरकारले नेपाली प्याडलाई प्राथमिकता दिएको खण्डमा प्याड उत्पादनमा नेपाल चाँडै नै आत्मनिर्भर हुने भन्दै प्याड बनाउने एउटा उद्योगकी स्वर्णिमा राजभण्डारी भन्छिन्, ‘अहिले नेपाली बजारमा बहुराष्ट्रिय कम्पनीका प्याडहरू उपलब्ध छन्। सरकारले नेपालमै उत्पादन भइरहेका विभिन्न प्याडलाई ग्राह्यता दिने हो भने अहिले बजारको लागि संघर्ष गरिरहेको नेपाली प्याडलाई बजार पाउन धेरै सहज हुन्थ्यो।’

भदौ महिनाबाटै देशभरका सामुदायिक विद्यालयका छात्राहरूलाई सेनेटरी प्याड वितरण गर्ने सरकारी योजना भएपनि थप अध्ययन‚ व्यवस्थापन र तयारीको आवश्यकताका कारण करिब चार महिनापछि पुस १५ गते मात्र औपचारिक शुरुवात गर्न सफल भएको सरकारी अधिकारीको भनाइ छ।

प्याडको सम्पूर्ण विवरणदेखि कार्यविधि र बजेट स्थानीय तहमा पठाइसकेको र कार्यविधि अनुसार कार्यक्रम अघि बढेको खण्डमा सरकारी कार्यक्रमले महिला स्वास्थ्यमा ठूलो योगदान पुर्याउने भन्दै शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयकी सूचना अधिकारी दिव्या दवाडी भन्छिन्, ‘यसपटकको बजेट र नीतिमा परिसकेको भएर अहिलेलाई बजारमा जे उपलब्ध छ त्यही किनेर गर्ने भनेर हामीले यसैपालिबाट यो कार्यविधि लागु गरेका हौँ।’

सेनेटरी प्याड विरतण गरेर सरकारले कुनै ठूलै काम गरेको छु भन्नुभन्दा यसलाई देशका महिलाहरुले पाउनै पर्ने अधिकार दिलाउन सहयोगी भूमिका खेलेको भन्नु उपयुक्त हुने विज्ञहरूको भनाइ छ।

बीबीसी नेपालीबाट

थप समाचार

कोरोना भाइरस संक्रमण : चीनमा मृत्यु हुनेकाे संख्या एक हजार ६६५

कोरोना भाइरस संक्रमण :  चीनमा मृत्यु हुनेकाे संख्या एक हजार ६६५

चीनको वुहानबाट डिसेम्बरदेखि शुरु भएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार ६६५ पुगेको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले फेब्रुअरी १५ सम्म एक हजार ६६५ जनाले ज्यान गुमाएको जनाएको हो।

शनिवार मात्रै १४२ जनाले ज्यान गुमाएको आयोगले जनाएको छ। यसैगरी एक हजार ३१३ बिरामी उपचारपछि शनिवार घर फर्केका छन्। संक्रमणका कारण अहिलेसम्म चीनबाहिर फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा गरी चार जनाको मृत्यु भएको छ।

आयोगको तथ्यांकअनुसार हालसम्म ६८ हजार ५०० चिनियाँ नागरिकमा कोरोना भाइरस भएको प्रमाणित भइसकेको छ। उनीहरूमध्ये नौ हजार ४१९ जना उपचार पछि निको भएर घर फर्केको जनाइएको छ। बाँकी भने अस्पतालमा उपचारमै छन्।

हुबेई प्रान्तका लगभग पाँच लाख मानिस कोरोना भएका व्यक्तिको नजिक भएको हुनसक्ने भन्दै उनीहरुलाई निगरानीमा राखिएको आयोगले जनाएको छ।

नेपालमा भने हालसम्म एक जनामा मात्र कोरोना भेटिएको थियो। उनी पनि उपचारपछि घर फर्केका छन्।

थप समाचार

नेपाल जनस्वास्थ्य संघ गण्डकीको साधारण सभा सम्पन्न

नेपाल जनस्वास्थ्य संघ गण्डकीको साधारण सभा सम्पन्न

कास्की : नेपाल पब्लिक हेल्थ एसोसिएसन (नेफा) गण्डकी प्रदेशको प्रथम वाार्षिक साधारण सभा सम्पन्न भएको छ।

शनिवार सम्पन्न कार्यक्रममा नेफा गण्डकी प्रदेशका अध्यक्ष सन्तोष पौडेलले प्रदेशकै सशक्त जनस्वास्थ्य सरोकारवाला संस्था बनाउन लागिपरेको बताए।

स्वास्थ्यकर्मीहरू राजनीतिक आस्थाभन्दा माथि उठेर पेशागत हक हितका साथै जनताको स्वास्थ्य अवस्था माथि उठाउन लाग्नुपर्ने उनकाे भनाइ छ। कार्यक्रममा वर्षभरका गतिविधि तथा भावी योजनामा रहेका कार्यक्रमको प्रस्तुति दिइएको थियो।

कार्यक्रमका सहभागीहरूले हरेक महिना जनस्वास्थ्य संघले पोखरा विश्वविद्यालयसँग सहकार्य गरेर निरन्तर जनस्वास्थ्य शिक्षा (सीपीएचई) सेसन सञ्चालन गर्नुपर्ने बताए। यस्तै भर्खर स्नातक वा स्नातकोत्तर सकेका जनस्वास्थ्य सेवामा नवप्रवेशीलाई आफ्ना गतिविधिहरूमा सहभागी गराउन र  पेशागत दक्षताका कार्यक्रममा सहभागी गराउन उनीहरूले नेफासँग आग्रह गरे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

डोटीमा बढ्यो आयोडिनयुक्त नुनको प्रयोग

डोटीमा बढ्यो आयोडिनयुक्त नुनको प्रयोग

डोटी : ग्रामीण क्षेत्रमा सरकारी अनुदानको आयोडिनयुक्त नुन सहजै पाइन थालेपछि प्रयोगकर्ता बढेका छन्। ढिके नुनको प्रयोग गर्दै आएका यहाँका स्थानीयवासी पछिल्लो समय आयोडिनयुक्त नुनमा अभ्यस्त हुन थालेका हुन्।

सहजै आयोडिनयुक्त नुन पाउन थालेपछि ग्रामीण क्षेत्रमा ढिके नुनको प्रयोग घट्दै गएको जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिका–५ का स्थानीय लालबहादुर कामीले बताए।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड दिपायल शाखाले यहाँका स्थानीय तहसँग मिलेर गाउँगाउँमा आयोडिनयुक्त नुन गोदामको व्यवस्था गरेको छ। जिल्लाका ग्रामीण क्षेत्रमा प्रतिकिलो १६ रुपैयाँमै आयोडिनयुक्त नुन वितरण हुन थालेकाे छ।

आयोडिन नुन उपभोगले बालबालिकामा गलगाँड आउने, लाटो लठेब्रो हुने जस्ता शारीरिक समस्यामा कम हुँदै गएको जोरायल गाउँपालिका स्वास्थ्य एकाइ कार्यालयका प्रमुख गोविन्दबहादुर विष्टले बताए। ‘गाउँमा आयोडिनयुक्त नूनको प्रयोग बढेको छ’, उनले भने, ‘यसका कारण  गलगाँड आउने, लठेब्रोपन जस्ता शारीरिक समस्यामा कमी आएको छ।’

आयोडिनयुक्त नूनको प्रयोग गर्दा हुने फाइदाका विषयमा व्यापक रूपमा जिल्लाव्यापी जनचेतना फैलाउन सके प्रयोग अझ बढ्ने प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गौमूल गाउँपालिकामा तीन वर्षदेखि बन्द जडीबुटी संकलन खुला

गौमूल गाउँपालिकामा तीन वर्षदेखि बन्द जडीबुटी संकलन खुला

बाजुरा : गौमूल गाउँपालिकाले तीन वर्षदेखि बन्द जडीबुटी संकलन खुला गर्ने निर्णय गरेको छ।

शनिबार बसेको गाउँपालिकासभाले साविकका मानाकोट र दहकोट गाविसका वनजंगललबाट जडीबुटी संकलन खुला गर्ने निर्णय गरेको हो।

दहकोटको अम्लिस, मल्लोदुगुनलगायत वनबाट जडिबुटी संकलन गर्न दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिए।

जडीबुटी संकलन गर्न गाउँपालिकाको अनिर्वाय सिफारिस लिनुपर्ने व्यवस्था गरिएको उनले बताए। सभाले जथाभावी जडिबुटी संकलनमा भने रोक लगाएको बताएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

कोरोना भाइरसग्रस्त वुहानबाट नेपाल फर्किँदाको खुशी

कोरोना भाइरसग्रस्त वुहानबाट नेपाल फर्किँदाको खुशी

चीनको कोरोना भाइरस प्रभावित प्रान्तबाट नेपाल फर्किएका नेपालीहरूले सामाजिक सञ्जालमा खुशी व्यक्त गरेका छन्।

शनिवार हुबेको राजधानी वुहानबाट नेपाल वायुसेवा निगमको चाटर्ड विमानले आइतवार सबेरै १७५ नेपालीहरूलाई काठमाण्डौं ल्याएको हो।

बिहान ३ ३८ मा त्रिभुवन विमानस्थलमा अवतरण भएको विमानमा १७५ जना नेपाली रहेका छन् जसमा १७० जना विद्यार्थी, एकजना त्यहाँ रोजगार गरिरहेका व्यक्ति, दुईजना पर्यटक एवं दुई बालबालिका रहेको बताइएको छ।

उद्धार गरिएका विद्यार्थी सौरभ लुइटेलले ट्विटरमा लेखेका छन् ‘यस्तो भयावह अवस्थामा घर फर्कन पाउनुको खुसी व्याख्या गर्न सकिँदैन।’
उद्धार हुनेमा १३४ जना पुरूष र ४१ जना महिलाहरू रहेको नेपाली अधिकारीहरूले बताएका छन्।

खुसीको क्षण

नेपाल फर्केका अशोक शाहले ट्विटरमा राखेको एउटा भिडियोमा विमानभित्र सबैले ताली पिटेर खुसीयाली मनाएको देखिन्छ। घर फर्कन पाउँदाको परिवेश देखाउन खोजिएको उक्त भिडिओसँगै शाहले लेखेका छन् ‘अन्धकारबीचको खुसी, शून्यताबाट खुशीतर्फ।’

नेपाल फर्किनका लागि शुरुमा १८५ जनाले निवेदन दिएका भएपनि चार जनाले अन्तिम अवस्थामा उतै बस्ने निर्णय गरेका थिए। चार जनालाई भने उड्ने बेलामा ज्वरो देखिएका कारण रोकिएको बताइएको छ। उनीहरूलाई उतै परीक्षण गरिने स्वास्थ्य मन्त्रालयले बताएको छ।

थप दुईजना उनीहरूकै आफन्त भएकाले उनीहरू समेत नेपाल नफर्किएको जनाइएको छ।

दुई हप्ते क्वारन्टाइन बास

आइतवार बिहान उनीहरूलाई बसमा राखेर विमानस्थलबाट सिधै क्वारन्टाइन पुर्‍याइएको थियो।

विश्व स्वास्थ्य संगठनको मापदण्डलाई आधार मानेर उद्धार गरिएकाहरूसँग काम गर्ने मानिसहरूले पालना गर्नुपर्ने नियमको प्रारूप समेत तयार पारिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बताएका छन्।काठमाण्डौं विमानस्थलमा समेत उनीहरूको स्वास्थ्य जाँच गरिएको थियो।

हुबेका छवटा विभिन्न सहरहरूबाट बेइजिङस्थित नेपाली दूतावासको पहलमा राजधानी वुहानमा भेला पारेर उनीहरूलाई नेपाल ल्याइएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ।

चीनबाट ल्याइएका नेपालीहरूलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रका चार भवनमा क्वारन्टाइनमा राखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए।

श्रेष्ठले भने, ‘आइतबार दश बजेबाट उनीहरूको खरिपाटीमा थप स्वास्थ्य परीक्षण हुँदैछ।

बीबीसी नेपालीबाट

तस्विर : रासस

थप समाचार

वुहानबाट आएका १७५ जनालाई लगियो क्वारेन्टाइनस्थल खरिपाटी

वुहानबाट आएका १७५ जनालाई लगियो क्वारेन्टाइनस्थल खरिपाटी

काठमाडौं:  लगभग तीन साताको तयारीपछि कोरोना भाइरसको उदगमस्थल चीनको हुवेई प्रान्तस्थित वुहानबाट उद्धार गरेर १७५ जनालाई नेपाल ल्याइएको छ । उनीहरुलाई त्रिभुवन विमानस्थलबाट स्वास्थ्य परिक्षण गरी सिधै क्वारेन्टाइनस्थल भत्तपुरको खरिपाटी लगिएको हो ।

उनीहरु विहान करीब ४ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए । विमानस्थलमा रहेको हेल्थ डेस्कले जाँच गर्दा कसैलाई पनि ज्वरो आउने खोकी लाग्ने नपाइएकाले उनीहरु सबै जनालाई क्यारेन्टाइनमा पठाइएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता सागर दाहालले बताए । उनीहरुलाई १४ दिनसम्म क्यारेन्टाइनमै राखी निगरानी गरिने पनि उनले जानकारी दिए ।

नेपाल आउनका लागि अन्तिम समयसम्म १८५ जना नेपालीले फारम भरेको भए पनि ६ जनालाई ज्वरो आएका कारण आउन पाएनन भने ४ जनाले आउन नचाहेको बताइएको छ । कोरोना प्रभावित चीनबाट आफूहरुलाई उद्धार गर्न नेपालीहरुले त्यहाँस्थित दुतावासमा निवेदन दिएका थिए । सोही बमोजिम सरकारले उनीहरुलाई उद्धार गरेर ल्याएको हो । क्यारेन्टाइन अवधीभर उनीहरुलाई परिवारसँग पनि भेट गर्न दिइने छैन ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

चीनबाट स्वदेश फर्किँदै गरेका नेपाली, कोही रोमाञ्चित, कसैलाई बेचैन

चीनबाट स्वदेश फर्किँदै गरेका नेपाली, कोही रोमाञ्चित, कसैलाई बेचैन

कोरोना भाइरस अर्थात् कोभिड–१९बाट अति प्रभावित चीनको हुबे प्रान्तबाट उद्धार हुन लागेका नेपालीहरूले आफूहरू ‘रोमाञ्चित र बेचैन’ भएको बताएका छन्। हुबेका ६ वटा विभिन्न शहरहरूबाट बेइजिङस्थित नेपाली दूतावासको पहलमा राजधानी वुहानमा भेला भइसकेका उनीहरूले त्यस्तो बताएका हुन्।

सरकारले उद्धार गर्ने निर्णय गरेको दुई सातापछि शनिवार दिउँसो नेपालले उनीहरूको उद्धारका लागि  नेपाल वायु सेवा निगमको जहाज वुहान पठाएको छ। बेइजिङस्थित नेपाली दूतावासका अधिकारीहरूका अनुसार कुनै असामान्य अवस्था नआएमा भोलि बिहान सबेरै उनीहरू नेपाल आइपुग्नेछन्।

उत्साह र बेचैनी

नेपाल आउनका लगि स्वय‌ंसेवकहरूको सहायतामा वुहानस्थित अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जान लागेका नेपालीहरूले आफूहरू रोमाञ्चित भएको बताए। नेपाल ल्याइन लागेकामध्ये अधिकांश विश्वविद्यालयहरूमा अध्ययनरत विद्यार्थी हुन्।

नेपाल फर्कनका लागि विमानस्थल जाने बसमा यात्रा गर्दै गर्दा ‘वीच्याट’मार्फत् कुराकानी गर्दै एकजना विद्यार्थी सलिमा कक्षपतीले भनिन्, ‘नेपाल सरकारले पहिलो पटक यसरी विशेष विमान नै पठाएर उद्धार गर्दैछ। त्यसको हिस्सा बन्न पाउँदा अलि अनौठो पनि लागिरहेको छ। हामीलाई खुसी र नेपालप्रति गर्व पनि लागिरहेको छ।’

उनीसँगै नेपाल फर्कन लागेकी अर्की विद्यार्थी श्रद्धा श्रेष्ठले चाहिँ केही बैचैनी पनि महशुस गरेको बताइन्।

उनले भनिन्, ‘यहाँ अझै हाम्रो जाँच हुनै बाँकी छ। केही भइहाल्ने पो हो कि भन्ने खालेको बेचैनी भइरहेको छ। नेपाल पुगेर पनि हामी क्वारन्टाइनमा बस्नुपर्छ, परिवारसँग भेटघाट हुँदैन भनेर पनि कस्तोकस्तो लागिरहेको छ।’ हुबेमै विद्यावारिधिरत डा. गौरव पोखरेललाई नेपाल फर्किन पाउँदा निकै खुसी लागेको छ।

उनले भने, ‘अहिले यहाँ हिउँ परिरहेको छ। यस्तो मौसममा हामी कोरोना भाइरस स‌ंक्रमित क्षेत्रबाट आफ्नै देश फर्किन लागेका छौँ। त्यो भन्दा अर्को खुसी के नै हुन्छ र! हामी निकै रोमाञ्चित छौँ।’ अर्का नेपाली विद्यार्थी एवं चिकित्सक अमीत श्रीवास्तवले पनि नेपाल फर्किन पाउँदा निकै उत्साहित बनेको बताए।

नेपाल वायुसेवा निगमले शनिवार उद्धारका लागि चीन गएको जहाज आइतवार बिहान २:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाएको छ। चीनबाट ल्याइएका नेपालीहरूलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा लगेर क्वारन्टाइनमा राखिनेछ।

बीबीसी नेपालीबाट

थप समाचार

कोरोना भाइरस स‌ंक्रमण : फ्रान्समा पनि एकको मृत्यु

कोरोना भाइरस स‌ंक्रमण : फ्रान्समा पनि एकको मृत्यु

कोरोना भाइरसबाट फ्रान्समा एक चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि भएको छ। एसिया महादेशभन्दा बाहिर यो भाइरसको संक्रमणबाट भएको यो नै पहिलो मृत्यु हो ।

शनिबार फ्रान्सका स्वास्थ्यमन्त्री अग्नेस बुजिनले ८० वर्षीय एक चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि भएको जानकारी दिएका हुन्।

बुजिनका अनुसार फ्रान्समा कोरोना संक्रमणको पुष्टि भएका अन्य छ जनाको उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको छ ।

‘फ्रान्समा मृत्यु भएका चिनियाँ पर्यटकलाई जनवरीको अन्त्यतिर पेरिसस्थित अस्पतालमा एकान्तमा राखी उपचार गरिएको थियो’, बुजिनले भने, ‘केही दिन यता उनको स्वास्थ्य अवस्था निकै बिग्रिएको थियो। चिकित्सकको अथक प्रयासका वाबजुत बचाउन सकिएन।

चीनको मध्य क्षेत्रस्थित हुबेईको राजधानी वुहानबाट गत वर्षको डिसेम्बरमा देखा परेको यो नयाँ भाइरसका कारण चीनमा एक हजार ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म चीनबाहिर फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा गरी चार जनाको मृत्यु भएको छ।

थप समाचार

ताजा अपडेट