Health TV Online

दक्षिण कोरियामा कोरोना : ‘पर्ख र हेर’को रणनीतिमा नेपाल सरकार

दक्षिण कोरियामा कोरोना : ‘पर्ख र हेर’को रणनीतिमा नेपाल सरकार

हेल्थ टिभी अनलाइन\काठमाडाैं : नेपाली युवाको आकर्षक रोजगार गन्तव्यका रूपमा रहेको दक्षिण कोरिया अहिले कोरोना भाइरसको संक्रमणबाट आक्रान्त बनेको छ। दक्षिण कोरियाली सञ्चारमाध्यममा प्रकाशित समाचारमा जनाइएअनुसार सोमबारसम्म कोरोना संक्रमितको संख्या ८०० नाघिसकेको छ भने आठ जनाको मृत्यु भइसकेको छ।

बढ्दो संक्रमणसँगै विभिन्न पेशा तथा व्यवसायमा रहेका नेपालीमा ठूलो सन्त्रास फैलिएको छ। अहिले करिब ४० हजारको हाराहारीमा नेपाली कोरियाको विभिन्न क्षेत्रमा काम गर्दै आएका छन्। यस्तै रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जाने तयारीमा रहेका युवामा थप अन्योल सिर्जना गरेको छ । कामको सिलसिलामा कोरियामा रहेका नेपालीका अभिभावक पनि चिन्तामा देखिन्छन्।

ईपीएस प्रणालीबाट कोरिया पठाउने क्रममा केही सुस्तता आएको छ। कोरिया सरकारले पनि मुलुकमा संक्रमण फैलिएपछि नेपाललगायत विभन्न स्रोत मुलुकबाट कामदार ल्याउने प्रक्रिया तत्कालका लागि रोक्न चाहेको बताइएको छ। वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले नेपाल ‘पर्ख र हेर’को रणनीतिमा रहेको जनाएको छ ।

‘कोरियामा कोरोनाको संक्रमण फैलिएको कुरालाई हामीले गम्भीरताका साथ लिएका छौँ’, ईपीएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले भने, ‘तत्कालका लागि कोरिया जाने क्रम केही कम भएको छ, एक\दुई दिनमा छलफल गरेर थप निष्कर्षमा पुग्छौँ।’

ईपीएस प्रणालीबाट कोरिया पुगेका नेपालीको संख्या ६५ हजारभन्दा बढी छ। भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया गएकामध्ये अहिले पनि करिब ४० हजार युवा विभिन्न क्षेत्रमा काम गर्दै आएका छन्। विभिन्न पेशा, व्यवसाय तथा अध्ययनका क्रममा कोरियामा रहेका नेपालीको संख्या पनि उच्च छ। हालसम्म कोरियामा कुनै पनि नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएको छैन।

आत्तिनुपर्ने अवस्था छैन

लामो समयदेखि कोरियामा रहेका पत्रकार प्रकाश पोखरेलले अहिले नै आत्तिहाल्नुपर्ने अवस्था नआएको बताए। ‘समाचारमा आएअनुसार आत्तिहाल्नुपर्ने अवस्था छैन’, उनले भने, ‘कोरिया सरकारले नै थप संक्रमण नफैलियोस् भनेर सावधानी अपनाउन सन्देश प्रवाह गरिरहेको छ।’

सामाजिक सञ्जाल, स्थानीय सञ्चारमाध्यम तथा नेपालका विभिन्न सञ्चारमाध्यममार्फत कोरियामा रहेका नेपालीमाझ सचेतना पुगिरहेको उनले बताए। कोरिया सरकारका विभिन्न निकायले पनि कोरोनाका बारेमा ‘अलर्ट’ गराइराखेको जानकारी उनले दिए। ‘कोरिया सरकारको स्वास्थ्य मन्त्रालय मातहतका निकायमार्फत ‘इमरजेन्सी म्यासेज’ आइरहेका छन्’, पत्रकार पोखरेलले भने, ‘नेपाली दूतावासले पनि संक्रमण हुन नदिन विभिन्न सूचना जारी गरेको छ।’ कोरोनाको प्रकोप बढ्यो भनेर नेपाल फर्किनुभन्दा पनि सुरक्षित रूपमा यही बस्नु उचित हुने मनस्थितिमा धेरै नेपाली रहेको उनले बताए।

सतर्कता अपनाउनुस् : दूतावास

सियोलस्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपाली कामदारलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि चालिएका सशक्त प्रयासका बाबजुुद संक्रमण फैलिँदै गएको भन्दै दूतावासले अझ बढी सजग र सचेत हुन सुझाएको छ।

सबैभन्दा बढी संक्रमण देखा परेका कोरियाको थेगु तथा आसपासका क्षेत्रमा रहेका नेपाली विद्यार्थी, अन्य पेशा व्यवसाय र श्रम गरी बसेका नेपालीलाई  पनि दूतावासले विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

कोरिया सरकारले कोरोना भाइरसको संक्रमणको शङ्का लागेमा अवैधानिक रूपमा त्यहाँ रहेका विदेशीले समेत सार्वजनिक स्वास्थ्य संस्थामा गई जाँच तथा उपचार गराउनसक्ने जनाएको छ। बिरामीको कानुनी हैसियतबारे नसोध्न पनि अस्पताललाई निर्देशन दिएको छ। कोरियाको अध्यागमन विभागले अवैधानिक रूपमा बसोबास गरिरहेकालाई स्वदेश नफर्काउने भनेको छ। अध्यागमनले प्रवेशाज्ञा मिति समाप्त भएको अवस्थामा पनि थप ५० दिनको प्रवेशाज्ञा थप गर्ने निर्णय गरेको छ।

रासस

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

चीनबाट अन्य देशमा फैलिँदै कोरोना : मृत्यु हुनेको संख्या दुई हजार ७०० पुग्यो

चीनबाट अन्य देशमा फैलिँदै कोरोना : मृत्यु हुनेको संख्या दुई हजार ७०० पुग्यो

हेल्थ टिभी अनलाइन\काठमाडाैं : डिसेम्बरको अन्त्यतिर चीनको वुहान फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या करिब दुई हजार ७०० पुगेको छ। संक्रमणका कारण चीनमा दुई हजार ६६३ र अन्य देशमा ३३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

कोरोना संक्रमणबाट सोमबारमात्रै चीनमा थप ७१ जनाको मृत्यु भएको छ। चीनबाहिर इरानमा १२, दक्षिण कोरियामा आठ, इटलीमा सात,  हङकङमा दुई, जापानमा एक, ताइवानमा एक, फ्रान्समा एक र फिलिपिन्समा एकजनाको मृत्यु भएको छ।

चीनमा संक्रमण दर घट्दै जाँदा दक्षिण कोरिया, इरान, बहराइन र इटलीजस्ता मुलुकमा पनि देखिएको छ। अन्य देशमा भने संक्रमण दर बढ्दै गएको भन्दै विश्व स्वास्थ्य संगठनले सम्भावित महामारी रोक्न थप प्रभावकारी कदम चाल्नुपर्ने जनाएको छ।

विश्वका ८० हजार १४८ जनामा यो भाइरसको संक्रमण रहेको पुष्टि भइसकेको छ। चीनमा हालसम्म ७७ हजार ६५९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। २७ हजार ३२३ जना निको भई अस्पतालबाट घर फर्किएको जनाइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

अस्पताल निर्माण गर्न स्थानीयले दिए सात रोपनी जग्गा

अस्पताल निर्माण गर्न स्थानीयले दिए सात रोपनी जग्गा

हेल्थ टिभी अनलाइन\जुम्ला : कनकासुन्दरी गाउँपालिकाले इलाका स्वास्थ्य चौकी हाडसिञ्जामा १५ शय्याको अस्पताल निर्माण अघि बढाएको छ।

अस्पताल भवन निर्माणका लागि स्थानीयवासीले वडा नं ४ हाडसिञ्जामा सात रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको इलाका स्वास्थ्य चौकी हाडसिञ्जाका इन्चार्ज वीरेन्द्रप्रसाद उपाध्यायले बताए। रविलाल आचार्य र नाना आचार्यलगायतका स्थानीयवासीले १५ शय्याको अस्पताल निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका हुन्।

२५ देखि ३० लाख रुपैयाँ मूल्य बराबरको जग्गामा तीन भवन बन्ने छन्। संघीय सरकारको ‘एक स्थानीय तह, एक अस्पताल’ योजनाअन्तर्गत अस्पताल निर्माण गर्न लागिएको उनले जानकारी दिए।

ल्याबमा चाहिने उपकरण आइसकेको इलाका स्वास्थ्य चौकी हाडसिञ्जाले जनाएको छ। जनस्वास्थ्य प्रयोगशाला टेकुबाट चार लाख रूपैयाँ बराबरको ल्याबमा चाहिने उपकरण स्वास्थ्य चौकीमा पुगिसकेको छ।

जुम्लाका आठै स्थानीय तहमध्ये १५ शय्याको अस्पताल निर्माण प्रक्रिया अगाडि बढाउने पहिलो गाउँपालिका कनकासुन्दरी भएको उपाध्यायले जिकिर गरे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

विश्व स्वास्थ्य संगठन भन्छ, विश्वव्यापी महामारीसँग जुझ्न तयार रहनुपर्छ

विश्व स्वास्थ्य संगठन भन्छ, विश्वव्यापी महामारीसँग जुझ्न तयार रहनुपर्छ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सम्भावित कोरोना भाइरस (कोभिड–१९) महामारीसँग जुझ्न विश्वव्यापी रूपमा थप तयारी गर्नुपर्ने जनाएको छ।

कोरोना भाइरसको प्रकोपलाई अहिले नै ‘प्यान्डेमिक’ वा विश्वव्यापी महामारी भन्न सकिने अवस्था नरहे पनि राष्ट्रहरू ‘तयारीको चरणमा’ रहनुपर्ने डब्लूएचओले जनाएको हो।

श्वासप्रश्वासको समस्या उत्पन्न गराउने भाइरस प्रकोप दक्षिण कोरिया, इटली र इरानजस्ता देशहरूमा फैलिने क्रम जारी छ जसले चिन्ता बढाएको छ। सोमवार मात्रै इराक, अफगानिस्तान, कुवेत, ओमान र बहराइनमा कोरोना भाइरसको पहिलो संक्रमण फेला परेको बताइएको छ।

ती सबै देशमा संक्रमण भएका पाइएकाहरू इरानबाट आएको बताइएको छ। बहराइनका अधिकारीहरूका अनुसार संक्रमित व्यक्ति विद्यालयका बस चालक हुन्।

डब्लूएचओको भनाइ

डब्लूएचओका प्रमुखले सोमवार सञ्चारकर्मीहरूसँग कुराकानीका क्रममा इरान, इटली र दक्षिण कोरियामा देखा परेको कोरोनाभाइरसका नयाँ घटना ‘निकै चिन्ताजनक’ रहेको बताएका छन्।

‘के यो भाइरस महामारीका रूपमा फैलन सक्ने सम्भावना छ? पक्कै पनि छ’, उनले भने, ‘तर के हामी त्यहाँ पुगिसक्यौँ? हाम्रो मूल्याङ्कनले भन्छ, हालसम्म त्यस्तो भएको देखा परेको छैन।’

विश्वका विभिन्न भागहरूमा कुनै संक्रामक रोगले एकै पटक खतरा उत्पन्न गरायो भने त्यसलाई ‘प्यान्डेमिक’ वा विश्वव्यापी महामारी भनिन्छ। हालसम्म करिब ३० राष्ट्रमा उक्त भाइरसको संक्रमण भएका १,२०० भन्दा बढी घटना पुष्टि भइसकेको छ भने २० भन्दा बढीले ज्यान गुमाइसकेका छन्।
इटलीमा सोमवार तीन जनाको मृत्यु भएको छ।

यो सँगै त्यहाँ कोरोनाभाइरसका कारण ज्यान जानेको संख्या छ पुगेको छ। चीनबाट शुरु भएको भाइरसका कारण त्यहाँ हालसम्म करिब २६०० जनाले ज्यान गुमाएका छन्। त्यस्तै चीनमा करिब ७७,००० मा उक्त भाइरसको संक्रमण रहेको बताइएको छ।

बीबीसी नेपालीबाट

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

स्वास्थ्य सेवाको १२औँ तहमा ३ जना बढुवा

स्वास्थ्य सेवाको १२औँ तहमा ३ जना बढुवा

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको १२औं तहमा तीन जनालाई बढुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले डा दीपेन्द्ररमण सिंह, डा रोशन पोखरेल र महेन्द्रप्रसाद श्रेष्ठलाई १२औं तहमा बढुवा गर्ने निर्णय गरेको हो।

बढुवा समितिले यसअघि नै पाँच जनाको नाम सिफारिस गरेको थियो । सिफारिसमा पर्नेमा डा रोशन पोखरेल,डा दिपेन्द्ररमण सिंह,डा भिम सिंह टिंकरी, डा केदार सेन्चुरी र महेन्द्रप्रसाद श्रेष्ठ थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

‘मास्क’ लगाएर मात्रै भारत जान अनुमति

‘मास्क’ लगाएर मात्रै भारत जान अनुमति

हेल्थ टिभी अनलाइन\कञ्चनपुर : पश्चिमी नाका गड्डाचौकीबाट भारत जाने नेपालीले नेपाल–भारत सीमामा भारतीय सुरक्षाकर्मीले मास्क लगाउन अनिर्वाय गरेको छ।

कोरोना भाइरसको संक्रमण रोकथाम गर्न भारतीय पक्षले सीमा क्षेत्रमा मास्क लगाएर मात्रै आवातजावत गर्न आग्रह गरिरहेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भारत आउने\जाने सबैलाई मास्क अनिर्वाय गरेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ।

भारतीय पक्षले सिमानामा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली पनि परिचालन गरेको छ। ‘शंकास्पद लागे उनीहरुले स्वास्थ्य परीक्षण गर्ने गरेको बुझिएको छ’ इप्रका गड्डाचौकीका प्रमुख नरेन्द्र चन्दले भने, ‘भारतले कोरोना भाइरसको संक्रमण रोकथामका लागि एक साता यता कडाइ गरेको हो।’

मास्क अनिर्वाय गरेपछि गड्डाचौकीदेखि एसएसबी क्याम्पसम्म मास्कको व्यापार बढेको स्थानीयको व्यापारीको भनाइ छ । त्यसैगरी पछिल्ला केही दिनयता भारतीय सुरक्षाकर्मीले नेपाली सवारीसाधनलाई जाँचमा कडाइ गरेका छन्।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

दक्षिण कोरियामा कोरोना : सात जनाको मृत्यु, ७६३ जना संक्रमित

दक्षिण कोरियामा कोरोना : सात जनाको मृत्यु, ७६३ जना संक्रमित

दक्षिण कोरियामा कोरोना भाइरसबाट थप दुई जनाको मृत्यु भएको छ। यससँगै मृत्यु हुनेको संख्या सात पुगेको अधिकारीहरूले जानकारी दिएका छन्।

प्राणघातक कोरोना भाइरसको प्रकोप रोक्न राष्ट्रपति मुन जाय इनले ‘अभूतपूर्व, शक्तिशाली’ कदमहरूको लागि आह्वान गरेका छन्।

यहाँ संक्रमितको संख्या ७६३ पुगेको सोमबार जनाइएको छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

इटालीमा कोरोना संक्रमणले चार जनाको मृत्यु

इटालीमा कोरोना संक्रमणले चार जनाको मृत्यु

इटालीमा नयाँ कोरोना भाइरसको संक्रमणबाट सोमबारसम्ममा चार जनाको मृत्यु भएको छ। उत्तरी लोम्बार्डी क्षेत्रमा पछिल्लोपटक एक जना ८४ वर्षका वृद्धको कोरोनाकै संक्रमणबाट मृत्यु भएको हो।

इटालीको लोम्बार्डीमै यसअघि अरु तीन जनाको कोरोना संक्रमणबाट ज्यान गएको थियो । यहाँ इटाली सरकारले पूरै गाउँ बस्तीलाई अलग्याएको छ भने सुरक्षा व्यवस्था कडा बनाएको छ।

इटालीको नागरिक सुरक्षा विभागका प्रमुख एन्जेलो बोरेल्लीले मुलुकभर आइतबारसम्ममा १५० जनाभन्दा बढीलाई कोरोना संक्रमण देखिएको जानकारी दिए। युरोपमै इटालीमा सबैभन्दा बढी कोरोना संक्रमित  देखिएका छन्।

लोम्बार्डीका १० वटा तथा छिमेकी भेनिटो गाउँ शहरलाई अन्य क्षेत्रबाट अलग्याइएको छ र झण्डै ५० हजार मानिसलाई अन्यत्र जान दिइएको छैन। स्थानीय अधिकारीहरूले बार, रेस्टुराँ र डिस्को बन्द गर्न आदेश दिएका छन् ।

कोरोनाकै कारण मिलान फेसन सप्ताह, भेनिस कार्निभल र सिरि ए फुटबल खेल स्थगन गरिएका छन्। मिलानको निकै लोकप्रिय ला स्कालामा सञ्चालित ओपेरा रद्द गरिएका छन्।

इटालीमा सबैभन्दा बढी कोरोना सङ्क्रमितहरु लोम्बार्डीमा भेटिएका छन्। अधिकारीहरूले पहिलो कोरोना संक्रमित ३८ वर्षीय व्यक्तिमाथि कडा निगरानी गरिएको बताएका छन्।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

स्वास्थ्य विभागको महानिर्देशकमा गैर चिकित्सक नियुक्त गरेको भन्दै चिकित्सक संघको विरोध

स्वास्थ्य विभागको महानिर्देशकमा गैर चिकित्सक नियुक्त गरेको भन्दै चिकित्सक संघको विरोध

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य सेवा विभागको महानिर्देशकमा गैर चिकित्सक नियुक्त गरेको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ। संघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयलाई यो निर्णय तत्काल सच्याउन समेत माग गरेको छ ।

गत ८ फागुनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै विभागको निमित्त महानिर्देशक पदमा महेन्द्रप्रसाद श्रेष्ठलाई नियुत्त गरेका थिए । तर श्रेष्ठले भने आजै मात्र विभागमा पदबहाली गरेका छन्।

संघले जारी गरेको विज्ञप्तिमा स्वास्थ्य सेवा अत्यन्तै संवेदनशिल र प्राविधिक क्षेत्र भएकाले स्वास्थ्य सेवा विभागको स्थापनादेखि नै चिकित्सकहरुले नै नेतृत्व गर्दै आईरहेको जनाइएको छ।

यसैगरी विज्ञप्तिमा ‘स्वास्थ्य सेवा विभाग जस्तो महत्वपूर्ण संस्थामा चिकित्साक्षेत्रका विज्ञ चिकित्सकहरुले नेतृत्व लिई सम्पूर्ण चिकित्सकको भावना र मर्म अनुरुप कार्य गर्दै आईरहेको अवस्थामा गैर चिकित्सकको नेतृत्वले चिकित्सा ज्ञानको पूर्ण उपयोग गर्न नसक्ने र चिकित्सकहरुको भावना अनुरुप काम हुन नसक्ने नेपाल चिकित्सक संघको ठहर छ’ ,उल्लेख छ ।

यो निर्णयले सम्पूर्ण चिकित्सकको मनोबल गिरेको भन्दै संघले चिकित्सकलाई नै नेतृत्व दिने वातावरण बनाउन अपिल गरेको छ ।

Press Release of NMA 2076-11-12

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

आठ करोडको उपकरण थप्दै भरतपुर अस्पताल

आठ करोडको उपकरण थप्दै भरतपुर अस्पताल

हेल्थ टिभी अनलाइन\चितवन : भरतपुर अस्पतालले सेवा थप चुस्त बनाउन आठ करोड हाराहारीको उपकरण खरिद कार्य अघि बढाएको छ।

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको बजेटबाट उपकरण खरिद एवं बिग्रिएका उपकरणको मर्मत गर्न लागिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।

दुई वटा भिडियो एक्सरे, सघन उपचार कक्षमा प्रयोग हुने सिरिञ्ज पम्प, माइक्रोडेवराइडर सेट, मनिट र मुटुको भिडियो एक्सरे गर्ने उपकरणका लागि खरिदका लागि बोलपत्र आह्वान भइसकेको छ। यस्तै शल्यक्रियामा प्रयोग हुने अपरेटिङ माइक्रोस्कोप, दुई थान एक्सरे मेशिन खरिदका लागि बोलपत्र आह्वान गरिएको छ।

हाल अस्पतालमा एक थान मात्रै एक्सरे मेसिन चालु अवस्थामा छ। दैनिक १०० भन्दा बढीको एक्सरे गर्नुपर्ने हुन्छ। सिटीस्क्यान मर्मतका लागि आवश्यक उपकरणको बोलपत्र आह्वान भइसकेको जनाइएको छ। बजेटअभावमा सिटी स्क्यानमा समस्या आएको भए पनि मर्मत हुन सकेको थिएन।

यस्तै दाँत सफा गर्ने र मिलाउने डेन्टल स्पालर, कानको श्रवणशक्ति नाप्ने ट्याम्पानो मिटर, फोहोर व्यवस्थापनमा प्रयोग हुने अटोक्लेप, प्रयोगशालामा प्रयोग हुने अटोक्लेप, इण्डोस्कोपी, प्रोस्कोपीलगायतका उपकरणसमेत अस्पतालले खरिद गर्न लागेको छ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारीका अनुसार संघीय स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको रकममध्येबाट ती उपकरण खरिद गर्न लागिएको हो। अस्पतालमा हाल ६०० शय्या सञ्चालनमा छन्। शय्याअनुसारको जनशक्ति र आवश्यक भौतिक पूर्वाधारको माग गरिएको उनले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

आमरण अनशन बसेका वडाध्यक्ष अस्पताल भर्ना

आमरण अनशन बसेका वडाध्यक्ष अस्पताल भर्ना

हेल्थ टिभी अनलाइन\चितवन : छ दिनदेखि आमरण अनशन बसेका माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको स्वास्थ्य अवस्था जटिल बनेपछि भरतपुर अस्पताल भर्ना गरिएको छ। विभिन्न माग राख्दै उनी फागुन ७ गतेदेखि अनशनमा बसेका थिए।

अनशनका क्रममा उनको स्वास्थ्य जटिल बन्दै गएपछि आइतबार भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीसहितको टोलीले परीक्षण गरेको थियो। परीक्षणका क्रममा शरीरमा अक्सिजनको मात्रा घट्दै गएको र मुटुको चाल बढ्दै देखिएको थियो।

वडाध्यक्ष पौडेलको स्वास्थ्य गम्भीर बनेपछि सोमबार बिहान भरतपुर अस्पतालमा ल्याइ सघन उपचार कक्षमा उपचार भइरहेको डा तिवारीले जानकारी दिए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौँ संशोधन) नियमावली २०७६ पुन संशोधन हुनुपर्ने, बाँदरझुला साथै अमिलियाको उचित व्यवस्था गरिनुपर्ने, मानव वन्यजन्तु द्वन्द्व निवारणमा वन र बस्तीबीच वैज्ञानिक संरचना बनाउनुपर्ने र उत्तरी सिमानामा पर्ने रिउ खोला कोरिडोरको निर्माण व्यवस्थित गरिनुपर्ने माग राख्दै उनी अनशन बसेका हुन्।

रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोहलपुरमा ‘सिकेलसेल ल्याब’ स्थापना गरिँदै

कोहलपुरमा ‘सिकेलसेल ल्याब’ स्थापना गरिँदै

हेल्थ टिभी अनलाइन\बाँके :  थारू समुदायमा समस्याका रूपमा रहेको सिकलसेल एनिमिया उन्मूलनका लागि कोहलपुरमा ल्याब स्थापना गरिने भएको छ।

कोहलपुर नगरपालिकाले स्वास्थ्य मन्त्रालयको तीन करोड ३१ लाख १० हजार रूपैयाँमा सिकलसेल एनिमिया जाँचका लागि ल्याब स्थापना गरिँदैछ। सिकलसेलको पहिचान, नियन्त्रण र उन्मूलनका लागि ल्याब स्थापना गर्न स्वास्थ्य मन्त्रालयको विशेष अनुदानमा नगरपालिकाले ल्याब स्थापना गर्न लागेको हो।

गत वर्षदेखि नै ल्याब स्थापनाका लागि पहल गरेको नगरपालिकाले यो आर्थिक वर्षमा पहिलो किस्तास्वरुप एक करोड १० लाख बजेटसमेत प्राप्त गरेको छ। नगरपालिकाका उपप्रमुख सञ्जुकुमारी थारूका अनुसार स्वास्थ्य मन्त्रालयले यो आर्थिक वर्षमा रु एक करोड १० लाख बजेट उपलब्ध गराएको हो।

उपप्रमुख थारूले सिकलसेल एनिमिया रोगको जाँच गर्ने मेसिन नहुँदा रोगको पहिचान गर्न समस्या भएपछि कोहलपुरमै ल्याब स्थापनाका लागि बजेटको माग गरेको बताइन्।

नगरपालिकाले गत वर्ष कोहलपुुर नगरभित्रका विभिन्न विद्यालयमा अध्ययनरत थारू समुदायका एक हजार ३५२ जना बालबालिकाको रगतको नमुना जाँच गरेको थियो। जाँचका क्रममा १३२ जना बालबालिकामा सिकलसेल एनिमिया रोगको लक्षण पाइएको उपप्रमुख थारूले जानकारी दिइन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना संक्रमण ठूलो स्वास्थ्य संकट : राष्ट्रपति सी

कोरोना संक्रमण ठूलो स्वास्थ्य संकट : राष्ट्रपति सी

चिनियाँ राष्ट्रपति सी जिन पिङले चीनमा दुई हजार ४०० भन्दा बढीको ज्यान लिएको नयाँ कोरोना भाइरस (कोभिड–१९) संक्रमण चीनमा कम्युनिष्ट पार्टीको शासन सुरू भएपछिको ‘सबैभन्दा ठूलो स्वास्थ्य संकट’ भएको बताएका छन्।

संक्रमण नियन्त्रणका लागि चीनले देखाएको तदारूकताबीच पनि रोग नियन्त्रणमा ल्याउन कठिन भएको भन्दै उनले चीनले ‘सतहमा देखिएको प्रष्ट कमजोरी’ बाट सिक्नु जरूरी रहेको बताए।

चीनको राज्य सञ्चलित टेलिभिजन च्यानल सीसीटीभीले प्रसारण गरेको रिपोर्टअनुसार सीले कोरोनाको प्रकोप शीघ्र र ठूलो क्षेत्रमा भएका कारण यसको रोकथाम तथा नियन्त्रणमा निकै कठिनाइ भएका हो।

‘यो हाम्रा लागि एउटा संकट अनि ठूलो परीक्षण हो’,उनले भने।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नगरपालिकामा नयाँ स्वास्थ्यचौकी भवन

नगरपालिकामा नयाँ स्वास्थ्यचौकी भवन

हेल्थ टिभी अनलाइन\वागलुङ : जैमिनी नगरपालिका–८ छिस्तीमा स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट विनियोजित एक करोड ५६ लाखमा भवन बनेको वडाध्यक्ष विजय अधिकारीले जानकारी दिए।

भवनबाट आइतवारदेखि सेवा दिन थालिएको छ। भूकम्प प्रतिरोधी क्षमताको दुईतले भवनमा प्रशासन, उपचार, प्रयोगशाला, प्रसूति र औषधि भण्डारलगायतका कक्ष छन्। कर्मचारीको आवास सुविधाका लागि समेत कोठा बनाइएको छ।

नयाँ भवन बनेपछि सेवा प्रवाह सहज भएको स्वास्थ्यचौकी प्रमुख दलबहादुर पुलिसाले बताए। यसअघि जीर्ण भवनबाट सेवा दिनुपर्ने बाध्यता थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

मौसमी फ्लु र कोरोना भाइरसको लक्षण उस्तै देखिने भएकाले मानिसहरू बढी तर्सिए

मौसमी फ्लु र कोरोना भाइरसको लक्षण उस्तै देखिने भएकाले मानिसहरू बढी तर्सिए

छिमेकी देश चीनमा श्वासप्रश्वाससम्बन्धी समस्या कोरोना भाइरस अर्थात् कोभिड– १९को प्रकोप छ। दक्षिण कोरियादेखि इरान र इटलीसम्म यसको त्रास फैलिएको छ। नेपालमा कोरोनाको त्रासमा बस्नुपर्ने अवस्था त छैन तर सतर्क रहनुपर्छ।

कोरोनाको खतरा नभए पनि एक सातायता नेपालमा मौसमी फ्लु बढेको छ। ‘सिजनल इन्फ्लुएन्जा’लाई हामी मौसमी फ्लु भन्छौँ। यो चिसोयाममा देखिने समस्या हो। अहिले बढी नै देखिएको छ। मौसमी फ्लु विशेषगरी जाडो शुरु हुने र जाडो सकिने वेलामा देखिन्छ। कोरोना संक्रमणको त्रासले अस्पतालमा जँचाउन आउनेको संख्या वृद्धि भएर पनि अहिले बिरामीको संख्या बढी देखिएको हुनुपर्छ।

टेकु शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गत सातादेखि मौसमी फ्लुका बिरामी उल्लेख्य रूपमा बढेका छन्। मौसमी फ्लु र कोरोना भाइरसको लक्षण उस्तै देखिने भएकाले गर्दा मानिसहरू त्रासमा रहन्छन्। त्रासमा बस्नुभन्दा सम्बन्धित विशेषज्ञकहाँ गएर परामर्श लिनु र उपचारमा लाग्नु बुद्धिमानी हुन्छ।

मौसमी फ्लुबाट बच्न सरसफाईमा जोड दिनुपर्छ। यो वेला विशेषगरी दीर्घरोग भएका साथै श्वासप्रश्वास र दम समस्या भएका बिरामीले विशेष सतर्कता अपनाउनुपर्छ। सामान्य खालको रुघाखोकी जस्ता समस्या देखिए सम्बन्धित चिकित्सकसँग जँचाउन जानुपर्छ। हेलचेक्र्याइँ गरे निमोनियाले पनि समाउन सक्छ।

मौसमी रुघाखोकीबाट बच्ने सबैभन्दा पहिला उपाय भनेको मौसमी रुघाखोकीको खोप (एन्टीफ्लु भ्याक्सिन) हो। ६० वर्षभन्दा माथि उच्च जोखिममा परेका व्यक्तिले यो खोप लगाउन आवश्यक छ। फ्लुबाट हुन सक्ने जोखिम खोपले रोकथाम गर्छ। यो हरेक फार्मेसीमा उपलब्ध हुन्छ।

टेकु शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रवक्ता बास्ताेलासँगकाे कुराकानीमा आधारित

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

आफूलाई सवारीसाधन खरिद नगरेर गाउँपालिका उपाध्यक्षले किनिन् दुई एम्बुलेन्स

आफूलाई सवारीसाधन खरिद नगरेर गाउँपालिका उपाध्यक्षले किनिन् दुई एम्बुलेन्स

हेल्थ टिभी अनलाइन\काभ्रे : रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौलाले आफूलाई सवारीसाधन किन्न छुट्याइएको बजेटले दुई एम्बुलेन्स खरिद गरेकी छिन्।

आइतवार आयाेजित कार्यक्रममा वडा नं ५ र ११ लाई  एम्बुलेन्स हस्तान्तरण गरिएकाे हाे। कर छुटमा २१ लाख ५२० रूपैयाँमा दुई एम्बुलेन्स खरिद गरिएको हो।

ती एम्बुलेन्सबाट रोशी गाउँपालिकाको ३५ हजार बासिन्दाका साथै नमोबुद्ध नगरपालिका, महाभारत गाउँपालिका, तेमाल गाउँपालिका तथा छिमेकी जिल्ला सिन्धुलीको सुनकोशी गाउँपालिकाका बासिन्दा लाभान्वित हुने बताइएकाे छ।

उपाध्यक्ष बर्तौलाले आफ्नो सुविधाभन्दा पनि पालिकावासीको आवश्यकता मध्यनजर गरी एम्बुलेन्स खरिद गरेको बताइन्। गाउँपालिकाले उपाध्यक्षलाई गाडी खरिद गर्न गत आर्थिक वर्षमै २६ लाख रूपैयाँ छुट्याएको थियो। गाउँपालिका अध्यक्ष दलबहादुर लामाले उपाध्यक्षले उदाहरणीय काम गरेकाे बताए।

बर्तौलाले गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएदेखिनै गाउँपालिकाको कुनै पनि सवारीसाधन प्रयोग गरेकी छैनन्।

उपाध्यक्ष बर्तौलाले आफूलाई आउने इन्धन खर्च पनि सामाजिक सेवामै खर्चिएकी छिन्। इन्धनबापत वार्षिकरूपमा आउने तीन लाख टुहरा तथा अपांगता भएका व्यक्तिलाई सहयोग गरेकी हुन्।

हालसम्म १४ विद्यालयका ४८ टुहुरा तथा अपांगता भएका बालबालिकालाई जनही छ हजार २५० रूपैयाँ सहयोग गरेको उनले बताइन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना संक्रमण : दक्षिण कोरियामा बढेको बढ्यै, इटलीमा बढाइयो सतर्कता

कोरोना संक्रमण : दक्षिण कोरियामा बढेको बढ्यै, इटलीमा बढाइयो सतर्कता

कोरोना भाइरसबाट संक्रमण बढेपछि इटली र दक्षिण कोरियाका अधिकारीहरूले नियन्त्रणका लागि विभिन्न उपाय अवलम्बन गरेका छन्।

दक्षिण कोरियामा अहिलेसम्म ७६० जनामा संक्रमण भएको र तीमध्ये सात जनाको मृत्यु भएको पुष्टि भएको छ।

संक्रमित व्यक्तिको संख्या फेरि ह्वात्तै बढेको अधिकारीहरूले बताएका छन्। यो वृद्धिसँगै दक्षिण कोरियामा चीनबाहिर सर्वाधिक संक्रमित व्यक्तिको संख्या पुगेको छ।

संक्रमण बढेकोबढ्यै गर्न थालेपछि त्यहाँ ‘उच्चतम तह’ को सतर्कता घोषणा गरेर सरकारी अधिकारीहरू कोरोना भाइरस प्रकोप नियन्त्रण गर्न लागिपरेका छन्।

राष्ट्रपति मुन जे(इनले देश अहिले ‘गम्भीर मोड’ मा भएको बताउँदै प्रकोप नियन्त्रणको लडाइँका लागि अबका केही दिन निकै महत्त्वपूर्ण हुने बताएका छन्।

उनले सोमवार सरुवा रोगविज्ञहरूसँग भेटेर रोक फैलिन नदिने उपायबारे छलफल गर्न लागेको बताइएको छ।

उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार उत्तर कोरियामा ३८० जना विदेशीलाई क्वारेन्टाइनमा राखिएको छ।

कोरियन सेन्ट्रल ब्रोड्कास्टिङ स्टेशनका अनुसार विदेशबाट फर्किएका मानिस र असामान्य लक्षण देखिएका मानिसलाई अलग्ग राख्न थालिएको छ।

के गरिँदैछ इटलीमा?

इटलीका अधिकारीहरूले भेनिसमा भइरहेको एउटा मेला छोट्याइदिएका छन्।

भेनिस कार्निभल अब निर्धारित मितिभन्दा दुई दिनअघि नै सकिने अधिकारीहरूले बताए।

युरोपमा सबैभन्दा धेरै कोरोना भाइरस संक्रमण भएका मानिस इटलीमा फेला परेका छन्।

अहिलेसम्म त्यहाँ १५२ जनामा कोरोना भाइरस भएको पुष्टि भएको छ। उक्त प्रकोपका कारण त्यहाँ तीन जनाले ज्यान गुमाएका छन्। मिलान र भेनिसमा कडा क्वारेन्टाइनको व्यवस्था गरिएको छ।

झन्डै ५० हजार सर्वसाधारण रहेको उत्तरी क्षेत्रका लोम्बर्डी र भेनटोजस्ता शहरबाट विशेष अनुमतिबिना बाहिर जान वा त्यहाँ पस्न नपाउने व्यवस्था गरिएको बताइएको छ।

ती क्षेत्रभन्दा बाहिर पनि व्यापार र विद्यालयहरू बन्द गरिएका छन् भने अन्य गतिविधिमा पनि रोक लगाइएको छ। प्रहरी र आवश्यक परे सशस्त्र प्रहरी ती नियमहरू पालना गराउन परिचालित गरिने बताइएको छ।

इटलीका अधिकारीहरूले यस्ता उपायबिना कोरोनाभाइरस नियन्त्रण गर्न नसकिने बताएका छन्। ‘यो भाइरस सर्ने सम्भावना निकै धेरै छ’,लोम्बर्डीका स्वास्थ्यप्रमुखले भने।

यसैबीच इटलीबाट हिँडेको रेलमा सवार दुई यात्रुमा कोरोनाभाइरस संक्रमणको प्रारम्भिक सङ्केत देखिएपछि त्यो रेललाई अस्ट्रियाको सीमामा रोकिएको छ।

बीबीसी नेपालीबाट

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

प्रोस्टेटको समस्या र उपचार

प्रोस्टेटको समस्या र उपचार

महिलामा पाठेघरको समस्या भए जस्तै पुरुषहरुमा प्रोस्टेटको समस्या बढ्दै गएको पाइन्छ । प्रोस्टेट पुरुष प्रजनन् प्रणालीको महत्त्वपूर्ण अंग हो जुन अति सुक्ष्म मासंपेशी र ग्रन्थी मिलेर बनेको हुन्छ । यो ग्रन्थी मूत्रथैलीको तल रहेको हुन्छ । मुख्य काम वीर्य स्वस्थ राख्ने हो । उमेर बढ्दै जाँदा विभिन्न कारणले पुरुषहरुमा प्रोस्टेटको समस्या देखिन थाल्छ ।

प्रोस्टेटको समस्या कुनै पनि उमेर समूहका पुरुषमा देखा पर्ने समस्या हो । तर विशेषगरी ४० वर्ष नाघेका पुरुषहरुमा यो समस्या बढी देखा पर्ने गरेको छ । ४० वर्षपछि प्रोस्टेट ग्रन्थी वृद्धि हुँदै जाने र मूत्रनलीमा अवरोध उत्पन्न हुनाले प्रोस्टेटको समस्या देखा पर्छ ।

यदि तपाइँंलाई छिटोछिटो पिसाब लाग्ने, पिसाब गर्दा पोल्ने, सुतेको बेला ओछ्यानमा पिसाब चुहिने, नाइटोमुनि दुख्ने, बारम्बार पिसाबमा संक्रमण भइरहने, वीर्य खस्दा पोल्नेजस्तो समस्या छ रु यदि यीमध्ये कुनै पनि लक्षण देखिएको छ भने तपाईंलाई प्रोस्टेट ग्रन्थीसम्बन्धी संक्रमण भएको हुनसक्छ । यस्ता लक्षण देखिएमा तुरुन्त डाक्टरलाई देखाउन जरुरी हुन्छ ।

उपचार विधि

प्रोस्टेटको उपचार औषधि र शल्यक्रियामार्फत गर्न सकिन्छ । प्रोस्टेटको साइज कति बढेको छ त्यसको आधारमा उपचार हुन्छ । सामान्य समस्यालाई औषधिमार्फत निको पार्न सकिन्छ भने जटिल भइसकेपछि शल्यक्रिया मार्फत उपचार गरिन्छ । प्रोस्टेटमा जति छिटो उपचार गर्यो त्यति नै उपचार सहज हुन्छ । रिजल्ट पनि राम्रो हुन्छ ।

प्रोस्टेटको समस्या देखा पर्ना साथ जीवनशैली परिवर्तन गर्नुपर्छ । यसबाट बच्न नियमित व्यायाम गर्ने, दैनिक कम्तीमा तीन लिटर पानी पिउने र नियमित रूपमा पिसाबको जाँच गर्नुपर्छ । त्यसका साथै खानामा म्याग्नेसियमयुक्त खानेकुरा जस्तै काजु, पेस्ता, बदाम, ओखरजस्ता ड्राइफ्रुट्स खानु राम्रो मानिन्छ । त्यसैगरी मकै, गहुँ, जौ, फापर, कोदो, बोक्रासहितका गेडागुडीजस्ता फाइबरयुक्त खानेकुरा खान उपयुक्त हुन्छ ।

फलफूल र तरकारी नताछी खाने र काँक्रो, गाँजर, मूला र चुकन्दर नियमित सलादको रूपमा खानु प्रोस्टेटका बिरामीका लागि राम्रो मानिन्छ । प्रोस्टेटको समस्या देखा परेका बिरामीहरुले धूमपान, मदिरापान र सुर्तीजन्य पदार्थ सेवन गर्नु हुँदैन । साथै सफ्ट ड्रिंक्स, तारेको, भुटेको, अमिलो, पिरो, मसालेदार र चिल्लो खानेकुराबाट टाढै रहनुपर्छ ।

युरोलोजिस्ट डा दीपक रौनियारसँगको कुराकानीमा आधारित

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

क्यान्सर पीडित पत्रकार पौडेललाई स्पार्क अस्पतालको १ लाख सहयोग

क्यान्सर पीडित पत्रकार पौडेललाई स्पार्क अस्पतालको १ लाख सहयोग

हेल्थ टिभी अनलाइन /काठमाडौं:  क्यान्सर पीडित पत्रकार कमल पौडेललाई स्पार्क हेल्थ होम अस्पतालले एक लाख रुपैयाँ सहयोग गरेको छ । अस्पतालले आफनो २८ औं वार्षिकोत्सवको कार्यक्रम गर्न लाग्ने खर्च बराबरको रकम पत्रकार पौडेललाई सहयोग गरेको हो ।

अस्पतालले प्रत्येक वर्ष औपचारिक कार्यक्रम गरी वार्षिकोत्सव मनाउने गरेकोमा यसपटक त्यो सम्पूर्ण कार्यक्रम स्थगित गरी त्यसमा लाग्ने खर्च पौडेललाई दिने निर्णय गरेको अस्पतालका प्रबन्ध निर्देशक हरिशरण रिजालले बताए । सहयोग रकम कमल पौडेलका छोरा अभिन्न पौडेललाई अस्पतालका पदाधिकारीले हस्तान्तरण गरेका थिए ।

लामो समयदेखि पत्रकारितामा रहेका कमल पौडेल हाल विराटनगरस्थित मकालु टेलिभिजनमा समाचार प्रमुखको रुपमा कार्यरत थिए । उनी हाल सिभिल अस्पतालमा उपचाररत छन। उनका छोरा अभिन्नले स्पार्कको सहयोगले बुवाको उपचारका ठुलो सहयोग हुने बताए।

कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चकी अध्यक्ष कल्पना आचार्यले स्पार्क अस्पतालले पत्रकार पौडेललाई गरेको सहयोगको प्रशंसा गरेकी थिइन। उनले वाार्षकोत्सवमा खर्च हुने पैसा एक जना  पत्रकारका लागि लागि खर्च गरेर अस्पतालले उदाहरणीय काम गरेको बताइन्।

अस्पतालका निर्देशक रुपेश अधिकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर आफनो अस्पतालले पत्रकार पौडेललाई सहयोग गरेको भन्दै अन्य संस्थाले पनि उनको सहयोगमा हात अघि बढाएमा पौडेललाई बचाउन सकिने बताए ।

यसैगरी कार्यक्रममा स्पार्क अस्पतालमै १२ वर्षदेखि हेल्परको रुपमा कार्यरत  क्यान्सरका बिरामी काजी महर्जनलाई पनि ५० हजार सहयोग रकम हस्तान्तरण गरिएको थियो । कार्यक्रममा अस्पतालका गतिविधिकाबारेमा मेडिकल डाइरेक्टर डा सुनिल पौडेलले जानकारी गराएका थिए ।

अस्पतालले कुनै औपचारिक कार्यक्रम नगरे पनि निशुल्क शिविर र रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा चिकित्सकको परीक्षा रद्द

पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा चिकित्सकको परीक्षा रद्द

हेल्थ टिभी अनलाइन\काठमाडाैं : स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गर्न लागेको मास्टर इन डक्टरेट (एमडी) र मास्टर इन सर्जरी (एमएस) तहको परीक्षा रद्द भएको छ।

प्रतिष्ठानले पहिलो पटक शनिबारका लागि एमडी र एमएसको परीक्षा तोकेको थियो। प्रश्नपत्र बाहिरिएको भन्दै केही विद्यार्थीले बहिस्कार गरेपछि परीक्षा स्थगन भएको हो।

लोकसेवातर्फ नौ र खुल्लामा आठ गरी १७ सिटका लागि आवेदन दिएका एकहजार १२ जना उपस्थित भएकाे प्रतिष्ठानले जनाएकाे छ। सहभागीमध्ये केहीले प्रश्नपत्र बाहिरिएको र धाँधली भएको भन्दै परीक्षा बहिस्कार गरेपछि विवाद  भएको थियो।

अमरसिंह नमुना मावि केन्द्रमा २ बजे  हुने तय भए पनि एक घण्टा ढिलाे गरी ३ बजेमात्रै परीक्षा शुरु भएको थियो। प्रतिष्ठानले  भने प्राविधिक कारणले परीक्षा स्थगित गरेको र अर्को सूचना प्रकाशन गरी परीक्षाको मिति तय हुने जनाएको छ।

हेर्नुहाेस् प्रतिष्ठानकाे सूचना–

ताजा अपडेट